२३ माघ : सरकारविरुद्ध थप कार्यक्रम र आन्तरिक विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । उपसभापति विमलेन्द्र निधिले सरकारी कदमको विरोध कुन शैलीमा अघि बढाउने भन्नेबारे छलफल हुने बताए ।
बैठकमा पुसमा सम्पन्न महासमितिले पारित गरेको पार्टी विधान, राजनीतिक र आर्थिक प्रस्ताव परिमार्जनसहित टुंग्याउने विषयमा पनि छलफलको तयारी छ ।
महासमिति बैठकले पार्टी विधान, राजनीतिक तथा आर्थिक प्रस्ताव केन्द्रीय कार्यसमितिबाट परिमार्जनसहित जारी गर्ने गरी सर्वसम्मतिले पारित गरेको थियो ।
बैठकले नेविसंघको वर्तमान कार्यसमिति विघटन गर्ने या अधिवेशनका लागि थप समय दिने भन्ने निर्णय पनि लिने निधिले बताए ।
नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमितिले थपिएको ५ महिनाभित्र पनि महाधिवेशन गराउन नसकेपछि पार्टीले केही दिनअघिबाट कामचलाउ हैसियतमा सीमित गरेको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक
माघ २२,काठमाडौँ,। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गहकिलो ढङ्गले गलत