‘सरकारले नौ महिनाको कार्यकालमा ऐतिहासिक महत्वको काम गरेको छ

 

मंसिर २१, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तापक्ष र प्रतिपक्ष मिलेर नै समृद्धिको अभियान चलाउनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले राजनीतिक संघर्ष सकिएका कारण अब सत्तापक्ष र प्रतिपक्ष मिलेर नै विकास निर्माण र समृद्धिको अभियान चलाउनुपर्ने बताएका हुन् ।

कार्यक्रममा उनले तत्कालीन सरकारको नौ महिने कार्याकालमा धेरै ठूलो र ऐतिहासिक महत्वको कार्य सम्पादन भएको जिकिर गरे । सरकारले जनअपेक्षा अनुसार काम नगरेको भन्दै चौतर्फी आलोचना भइरहँदा अध्यक्ष प्रचण्डले सरकारको बचाउ गर्दै यस्तो बताएका हुन् ।

प्रचण्डले भारत र चीनसँग रेलमार्ग तथा बन्दरगाह प्रयोग सम्बन्धी सम्झौता गर्नु, रेल सेवा सञ्चालनका लागि दुवै देशसँग समझदारी गरेर अघि बढ्नुलाई वर्तमान सरकारका ठूला तथा ऐतिहासिक उपलब्धिका रुपमा व्याख्या गरेका हुन् ।

अध्यक्ष दाहालले शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था संविधानमै ग्यारेन्टी गरेकाले अब त्यो समस्या हल हुँदै जाने विश्वास पनि व्यक्त गरे । उनले संविधानमा गरिएको यस्ता व्यवस्थाले राजनीतिक नेताहरुलाई सन्तोष गर्ने र गौरव गर्नलायक बनाएको बताए ।

साथै प्रचण्डले चुनावमा गरिएको प्रतिवद्धता चार वर्षभित्र पूरा गर्ने संकल्प पनि कायमै रहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक