सरकारले चाहे गोलाबारुदका बीच पनि चुनाव हुनसक्छः उपेन्द्र यादव

images-cms-image-000008924

 
 ३० जेठ, विराटनगर । सरकारले चाहेमा गोलाबारुद्धका विचमा पनि चुनाव गराउन सक्ने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । चुनाव वाहिस्कार भन्दै केही कार्यकर्ता उतार्दैमा चुनाव नरोकिने उनको टिप्पणी छ ।मंगलबार विराटनगरस्थित आफ्नै निवासमा  कुराकानी गर्दै फोरम अध्यक्ष यादवले जनता चुनावको पक्षमा रहेको बताए । साथै जनताको मताधिकार प्रयोग गर्ने अधिकारलाई रोक्ने समर्थ्य राजपाको आमहड्तालमा नरहेको बताए ।राजपाको नाम नलिई उनले प्रश्न गरे, ‘मधेसका नेता भन्नेहरुले प्रधानमन्त्रीको चुनावमा भोट हाल्ने अनि जनताले मताधिकार प्रयोग गर्न पाउने अधिकारलाई चाहीँ भोट नहाल भनेर दोधारे चरित्र देखाउन मिल्छ ? विप्लव माओवादीले पहिलो चरणको चुनाव रोक्न खोजेको स्मरण गराउँदै यादवले भने, ‘पश्चिम पहाडमा विप्लवले रोकेकै हुन् । बम पनि हानेकै हुन् । तर पनि ७४ प्रतिशत मतदान भयो । जनता मतदान चाहन्छ, निर्वाचित संस्था चाहन्छ ।’आन्दोलनका कारण एकाध ठाउँमा चुनाव प्रभावित भएपनि पूर्ण रुपमा नरोकिने उनले बताए ।यादवले भने, ‘केही पार्टीका केही कार्यकर्ताले रोक्दैमा जनता रोकिएला त ? रोकेपनि कुनै कुनै ठाउँमा रोकिएला । एक नम्बरमा त कुनै हावा पनि चलेको छैन उहाँहरुको ।’जनताले निर्वाचित प्रतिनिधि आउन् र विकास होस् भन्ने चाहेको भन्दै फोरम अध्यक्ष यादवले आन्दोलन छाडेर चुनावमा आउन राजपालाई आग्रह गरे ।

उनले निर्वाचनसँगै सरकारले पनि संविधान संशोधनलाई पनि अघि बढाउनु पर्नेमा जोड दिए । ‘सकिन्छ भने चुनाव अगावै, नभए चुनावपछि संविधान संशोधन गर्न सरकार तयार हुनुपर्छ,’ फोरम नेपालका अध्यक्ष यादवले भनेका छन् ।संघीयता र गणतन्त्रमाथि चौतर्फीरुपमा राजनीतिक प्रहार हुन थालेको भन्दै फोरम अध्यक्ष यादवले तोकिएकै समयमा तीन चरणको चुनाव गर्न नसकिए आन्दोलनवाट प्राप्त अधिकार गुम्ने खतरा बढ्ने औंल्याए । जनयुद्ध र जनआन्दोलनपछि शक्ति र सामर्थ्य गुमाएकाहरुले फेरि शक्ति आर्जन गर्न खोजेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने