सरकारको नीति तथा कार्यक्रम अपुरो र अधुरो : सांसद यादव

राजपाका सांसद महेन्द्र राय यादवले सरकारको नीति तथा कार्यक्रम महत्वकांक्षी, अपुरो र अधुरो रहेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले सुन्दा लोकप्रिय र कर्णप्रिय लाग्ने नीति तथा कार्यक्रम आधारहीन महत्वकांक्षी रहेको बताएका हुन्।

उनले राजनीतिक समस्या समाधान नभई मुलुकको आर्थिक सम्वृद्धि संभव नभएको भन्दै संविधानलाई सर्वस्वीकार्य बनाउने विषय पहिलो प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिए। राजनीतिक समस्यालाई सम्बोधन नगरी सम्वृद्धिका कुरा सपना मात्र हुने उनको तर्क थियो। नीति तथा कार्यक्रमले संघीय संरचनालाई आत्मसाथ नगरेको दाबी गरे।

उनले भने, “संघीयता भन्ने शब्द किन राखिएन? छुटेको हो? सभामुखलाई सम्माननीय किन लेखिएन?” तराई मधेस भन्ने शब्द पनि नराखिएको भन्दै उनले यसले पहिचानको समस्या सृजना गराउने बताए। 

सरकारले राजनीतिक समस्या सम्बोधन नगरी लोकप्रिय सपना बाँड्ने काम मात्रै गरेको आरोप उनले लगाए। उनले भने, “कम्युनिष्ठ पार्टी सपना बाँड्ने नै पार्टी हो । देशलाई सिंगापुर बनाउछु, जसको जोत उसको भोग भन्ने पनि कम्युनिष्ट नै हो, खै अहिले त्यो भएको?”

सरकारले जनताको तटबन्धको पैसा काटेको, तराई मधेस सम्वृद्ध सिंचाई आयोजना काटेको दाबी गर्दै उनले चुरे संरक्षण, नदी नियन्त्रण, वृक्षरोपण लगायतमा ठोस योजना ल्याउनुपर्नेमा जोड दिए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक