सरकारकोे नीति तथा कार्यक्रममा लक्ष्य प्राप्तिको सैद्धान्तिक आधार कमजोर : डा. भट्टराई

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारकोे नीति र कार्यक्रम सुन्दर भए पनि लक्ष्य प्राप्तिको सैद्धान्तिक आधार कमजोर रहेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले सरकारको नीति तथा कार्यक्रममा अत्यन्तै राम्रा सपना देखाइएको भएपनि ५ वर्षमा आय दोब्बर, कृषि उत्पादनलाई दोब्बर, ५ वर्षपछि वैदेशिक रोजगारीमा जानुनपर्नेलगायत विद्युत्, स्वास्थ्य ,शिक्षालगायत क्षेत्रमा सरकारले लिएको लक्ष्य पूरा हुने सैद्धान्तिक आधार कमजोर रहेको बताएका हुन्।

उनले पूर्वाधार निर्माणमा उचित ध्यान पुगेको भएपनि कसरी गर्ने भन्ने कुरा मुख्य चुनौती भएको बताए।  कार्यक्रम सुन्दर आएपनि लक्ष्य कसरी प्राप्त गर्न सकिन्छ भन्ने स्पष्ट दृष्टिकोण र योजना नरहेको भन्दै उनले प्रत्येक वर्ष के के गर्छौ भनेर स्पष्ट रुपमा आउनुपर्ने सुझाव दिए।

उनले सरकाको नीति तथा कार्यक्रमको १६ नम्बर बुँदामा सबैलाई समान अवसर र समान अधिकार, उत्तिकै सुरक्षा, उत्तिकै सम्मानको प्रत्याभूति गरिने भनिएको विषय संभव नहुने तर्क गरे।  भौगोलिक परिवेश, पूर्वाधार र आवश्यकताका आधारमा केही विशेष वर्ग र स्थानलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

नीति तथा कार्यक्रममा संघीय सरकारलाई आत्मसाथ नगरिएको  र एउटै मात्र सरकार छ है भन्ने संकेत गरिएको भन्दै उनले त्यसलाई सच्याउनुपर्ने बताए। एउटै गोलीले सबै चरा मार्छु भन्दा कुनै पनि चरा नमर्ने अवस्था आउन सक्ने भन्दै उनले लक्ष्य प्राप्तिको समय तालिका र आधार स्पष्ट पार्न सुझाव दिए। 

समविकासको नयाँ अवधारणा अनुसार नेपालको विकासलाई २१ औ सताब्दीको आँखाले हेर्दै सरकारले बैचाारिक र राजनीतिक रुपमा आफुलाई उन्नत बनाएर लैजान सक्नुपर्ने बताए। उदारवाद र राज्यकेन्द्रित समाजवाद भन्दा माथि उठेको विकास नीति लिँदै सबै पार्टी र राजनीतिक विचारधार भन्दा माथि उठेर राज्यलाई केन्द्रमा राखेर काम गर्न सक्नुपर्ने बताए।

२० सौ शताब्दीको कम्युनिष्ट को ढाँचा अपनाउदा विकास र सम्वृद्धिको लक्ष्य हासिल गर्न नसकिने बताए। कम्युनिजमको अवधारणालाई लाखे र काल भैरवको मुकुण्डोको विम्बको रुपमा प्रस्तुत गर्दै उनले त्यसभन्दा बाहिर निस्कन नसके निजी क्षेत्र लगानीका लागि सधैं डराउने र बैदेशिक लगानी पनि भित्र्याउन नसकिने बताए। 

उनले राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकलाई गरेको सम्बोधनमा  संसदको मर्यादा कायम गर्न नसकिएको बताए। लोकतन्त्रमा प्रतिनिधिसभा नै सबै भन्दा माथि हुने भन्दै त्यसको मर्यादालाई सरकारले विचार पुर्याउनुपर्ने बताए। उनले राष्ट्रपतिको सम्बोधन व्यक्तिगत नभई सरकारको भएकाले संसदको सर्वोच्चता र मर्यादामा विचार पुर्याउन सरकारलाई सुझाव दिए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने