September 22, 2019

समृद्ध राष्ट्र निमार्णमा ट्राफिक समस्या बाधक बन्नुहुँदैनः गृहमन्त्री

असोज ५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले ट्राफिक व्यस्थापनमा राज्य गम्भीर भएको बताएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा आजदेखि शुरु गरेको ‘ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ’ कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले सडक सुरक्षा वर्तमान चुनौती बन्दै गएको कारण नीति निर्माताले सही ढंगले विकासका योजना निर्माण गर्दे ट्राफिक समस्या हल गर्ने कुरामा ध्यान दिनु पर्ने बताएका हुन् ।

विकास, समृद्धि, शान्ति व्यवस्था र स्थायित्वलाई बलियो बनाउन युवा जनशक्तिको भूमिका महत्वपूर्ण रहेको उनले स्पष्ट पारे ।

बढ्दो सहरीकरणसँगै उपत्यकामा देखिएको ट्राफिक जामको समस्यालाई हल गर्न विकासको नीतिलाई सच्याउनुपर्ने उनको भनाइ छ ।

ट्राफिकसम्बन्धी विषयलाई विकासको योजनासँग जोडेर हेर्नु जरुरी रहेको उनले बताए । उनले विकासका नीति निर्माता र योजनकारहरुलाई त्यस दिशामा सोच्न पनि आग्रह गरे ।

गृहमन्त्री थापाले भने ‘कुनै पनि राष्ट्रको विकास युवाका कारण भएकाले युवा परिचालनलाई राज्यले व्यापकता दिनुपर्छ’, गृहमन्त्री थापाले संसार बदल्ने युवा जनशक्ति भएकाले युवालाई समावेश गरेर अगाडि बढ्न जरुरी रहेको उल्लेख गरे ।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन यो अभियानले सहयोग पुग्ने उनको भनाइ थियो । उनले सडक दुर्घटनाका कारण वर्षेनी दुई हजारभन्दा बढी व्यक्तिको ज्यान जाने गरको भन्दै यस्ता अभियानलाई १५ दिनमात्र नभएर वर्षभरि चलाउनसके दुर्घटनामा समेत कमी आउने बताए ।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले चालु आ.व.लाई सरकारले युवा परिचालन वर्षका रुपमा घोषणा गरेकाले समृद्ध मुलुक निर्माणका लागि युवालाई परिचालन गर्ने बताए ।

उनले यस वर्ष परिषद्ले युवामुखी ११ कार्यक्रमलाई अगाडि सारेको भन्दै सभ्य र अनुशासित युवा निर्माणमा यस्ता अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

चाडपर्वका बेला सार्वजनिक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्ने र दुर्घटनासम्म हुने भन्दै यस्ता प्रवृत्तिलाई रोक्न युवा परिचालनले सहयोग पुग्ने बताए  ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल भ्रमण वर्ष नजिकिएसँगै नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकको पहिलो नजरमा ट्राफिक व्यवस्थापन र ट्राफिक प्रहरी पर्ने भएकाले यसलाई चुस्त, दुरुस्त बनाउनु जरुरी रहेको बताए  । ‘राजधानीको प्रमुख पर्यटकीयस्थल ठमेल र प्रमुख धार्मिकस्थल पशुपतिनाथमा सवारी प्रवेश निषेध गरेकाले यहाँको सौन्दर्यता बढेको छ’, उनले भने ।

महानिरीक्षक खनालले गृह मन्त्रालयले जारी गरेको ८२ बुँदे प्राथमिकतामा ट्राफिक व्यवस्थापन विशेष प्राथमिकता दिएकाले सरोकारवाला निकायको सहकार्यमा उपत्यकाको ट्राफिकलाई व्यवस्थित बनाउने उल्लेख गरे । युवासँग सहकार्य गरेर नेपाल प्रहरी अगाडि बढ्ने उनको भनाइ थियो ।

कार्यक्रममा हास्य कलाकारद्वय मनोज गजुरेल र जीतु नेपालले ट्राफिक नियमलाई चुस्त, दुरुस्त बनाउनका लागि हरेक व्यक्तिमा जनचेतना आवश्यक रहेको उल्लेख गरे ।

पन्ध्र दिनसम्म चल्ने अभियानमा ट्राफिक स्वयंसेवकले जेब्राक्रसिङमा यात्रुलाई सहयोग गर्ने, पैदलयात्रुलाई फुटपाथ तथा आकाशेपुल प्रयोग गर्न सहयोग गर्ने, ‘पिक एण्ड ड्रप’ व्यवस्थित गर्ने, लेन व्यवस्थापन गर्ने, यात्रु सहायता कक्षमा रहेर सहयोग गर्ने काम गर्नेछन् ।

अभियान उपत्यकाको दरबारमार्ग, केशरमहल, जमल, त्रिचन्द्र कलेज अगाडि, वीर अस्पताल, न्यूरोड, त्रिपुरेश्वर, कलङ्की, महाराजगञ्ज, विएण्डबी अस्पताल, कोटेश्वरलगायतका २५ स्थानमा सञ्चालन हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए ।

ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन २३ विद्यालय, दुई युवा क्लब, १६ यातायात प्रालि, १० ख्यातिप्राप्त कलाकार, १२ एयरहोस्टेजसहित ५०० स्वयंसेवकको सहभागिता रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी वांड्दै

पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का

बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न

५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत