समुद्रमाथिको ५५ किलोमिटर लामो पुल औपचारिक रुपमा खुला

चीनका राष्ट्रपति सि चिनफिङले विश्वको सबैभन्दा लामो ‘मेगा ब्रिज’ को मङ्गलबार औपचारिक उद्घाटन गरेका छन् । अब सामुद्रिक पुलले हङकङ, मकाउ र चीन जोड्ने भएको छ । चीनका ती स्वशासित क्षेत्रहरुसँगको सम्बन्धलाई चीनले पछिल्लो

समयमा कडा गरिरहेका बेला चीनले यो पुल निर्माण गरेको छ । समुद्रमाथि निर्मित यो पुल ५५ किलोमिटर लामो छ । 

एक वाक्यांशमा उद्घाटन सम्बोधन गरेका राष्ट्रपति चिनफिङले भने, मैले हङकङ, जुहाई र मकाउ पुल औपरिक रुपमा खुल्ला गरेको छु । उनको यो घोषणासँगै उक्त पुल औपचारिक रुपमा खुला भएको छ । 

अर्बौँ डलरको लगानीमा बनाइएको यस पुल सार्वजनिक रुपमा खुल्ला भएपछि हङ्कङ, चीन र मकाउबीचको व्यापारमा बृद्धि हुने तथा यात्रा सहज हुने अनुमान गरिएको छ । यस मेगा ब्रिजले हङ्कङ र मकाउ शहरसँग दक्षिणी चीनका नौ ओटा शहरलाई आर्थिक लगायतका सञ्जालसँग जोड्नेछ । 

तर विश्लेषकहरु भन्छन्– यो पुल हङकङलाई चीनमा एकीकृत गर्ने थप एउटा बाटो हो र यसले हङकङको स्वतन्त्रताको अभियानलाई थप खुम्च्याउन सक्छ । 

चीनद्धारा निर्मित हङ्कङ र चीनको मुख्य भूमि जोड्ने यो दोस्रो परियोजना हो । यसअघि गत महिना चीनले हङ्कङलाई जोड्ने द्रुत गतिको रेल निर्माण गरी सञ्चालनमा आएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण