July 24, 2018

समाज कल्याणमा पनि असारे विकास ! : ३३ संस्थालाई एक करोड चारो  

 

 
 
 

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयअन्तर्गतको समाज कल्याण परिषद्का पदाधिकारीले आफ्नै कल्याणका कामहरू गरेका घटनाहरू अब नयाँ रहेनन् । यस्तैमा परिषद्ले विभिन्न संस्थाहरूलाई खराब नियत राखेर आर्थिक वर्षको अन्तिममा अन्धाधुन्ध रकम बाँडेको तथ्य फेला परेको छ । परिषद्ले विभिन्न सामाजिक संघ–संस्थालाई करिब १ करोड रुपैयाँ बाँडेको हो । 

 

नियत नै खराब 
परिषद्ले विभिन्न संघ–संस्थाहरूलाई अनुदान वितरण गर्दै आइरहेको छ । परिषद्ले हरेक वर्षजसो संघ–संस्थाहरूको काममा साथ दिन अनुदान शीर्षकमा आर्थिक सहयोग गर्छ । विगतका वर्षहरूमा यस्ता प्रवृत्ति हाबी भएका भएपनि यस वर्ष यस्तो नहुने धेरैको अपेक्षा थियो । तर त्यसविपरीत वर्षको अन्तिममा हतार–हतार सरकारी ढुकुटी रित्याएर लाखौं वितरण गरिएको छ ।

 
 आर्थिक वर्षको अन्तिममा गरिएको अनुदान सहयोग समाजको हितमा खर्च हुने सम्भावना छैन । किनकि त्यसरी सहयोग गरिएका रकम केही दिनमा असल नियतका साथ खर्च गर्न असम्भव हुन्छ । परिषद्का एक कर्मचारी खराब नियतका साथ लाखौं रुपैयाँ अनुदानका नाममा खन्याइएको बताउँछन् । ती कर्मचारीले असारे विकासकै यो अर्को संस्करण भएको बताए । ‘परिषद्ले विभिन्न संघ–संस्थालाई आर्थिक वर्षको अन्तिममा यसरी रकम बाँड्नुमा असल नियतभन्दा पनि खराब मनसायले काम गरेको छ’, ती कर्मचारीले भने । 

 


परिषद्का सदस्य–सचिव डिल्ली भट्टले विभिन्न संघ–संस्थालाई परिषद्ले रकम बाँडेको स्वीकारे । ‘विभिन्न सामाजिक संघ–संस्थालाई आर्थिक सहयोग गर्ने हेतुले अनुदान रकम बाँडेका हौं’, सदस्य सचिव भट्टले भने, ‘यसबारे डिटेल लिन कार्यालयमै आउनू ।’ आर्थिक वर्षको शुरुमा नबाँडेर अन्तिम नै किन रोजियो भन्ने प्रश्नको जिज्ञासमा उनले केही बताउन चाहेनन् । 

 
मन्त्री र कोषाध्यक्षको हात जगन्नाथ 
आर्थिक वर्षको अन्तिममा अनुदान बाँडेको परिषद्ले शक्तिमा रहेका र निकटकालाई प्राथमिकतामा राखेको छ । स्रोतका अनुसार, अनुदान पाउनेमा विभागीय महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया मगरनिकट संघ÷संस्था धेरै छन् । नेकपानिकट संघ÷संस्थासंगै परिषद्का कोषाध्यक्ष वीरबहादुर ठगुन्नाले पनि आफ्नो हात जगन्नाथ गरेर प्रदेश ७ का संघ–संस्थाहरूलाई अनुदान पाउनेको सूचीमा समेटेका छन् । 

 
उदेकलाग्दो कुरा त के छ भने सामाजिक कार्यमा आवद्ध नै नरहेकाहरूलाई पनि अनुदान दिएर लाभान्वित पारिएको छ । यसको ज्वलन्त उदाहरण एपी थेरापी हो । यसलाई परिषद्ले ३ लाखको बिटो बिना हिच्किचावट थमाएको छ । सामाजिक संस्थाको नाम भजाएर फाइदा लिनेहरू पनि कम्युनिस्ट नेतृत्वको सरकारबाटै लाभ लिन सफल भएको चर्चा पनि परिषद्तिर छ । 

 
‘आर्थिक वर्षको अन्तिममा अनुदान वितरण गरेर परिषद्ले ठूलो भूल त गरेको छ नै उसैगरी निकटका संघ–संस्थालाई मात्रै अनुदान दिएर अर्को गल्ती गरेको छ’, परिषद्का एक कर्मचारीले साँघुसंग भने ।  

 
कुन–कुन संस्थाले पाए ? 
आर्थिक वर्षको अन्तिममा परिषद्बाट अनुदान सहयोग पाउने भाग्यमानीमा विभिन्न ३३ संघ–संस्था छन् । यसरी सहयोग पाउनेमा राजधानी काठमाडौंमा क्रियाशील संघ–संस्थादेखि विकट कर्णाली प्रदेशका सम्मका छन् । यी संस्थाहरूलाई घटीमा २ लाखदेखि बढीमा ५ लाख रुपैयाँसम्मबाट लाभान्वित गराइएको छ । 

 
वर्षको अन्तिममा अनुदान हात पार्ने संस्थाहरूको पहिलो नम्बरमा असल शासन क्लब, जिसस दार्चुला छ । परिषद्का कोषाध्यक्ष ठगुन्नाको गृह जिल्लाको यो संस्थाले ३ लाख हत्याएको छ । 

 
विभागीय महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया मगरले पनि मौकामा चौका हानेकी छन् । उनले आफ्नो गृह जिल्ला म्याग्दीसंग सम्बन्धित म्याग्दी मगर समाजलाई ४ लाख ५० हजार दिलाएकी छन् । यो ३३ संघ–संस्थाले पाएको अनुदान सहयोगको दोस्रो धेरै रकम हो । 

 
सामुदायिक वातावरणीय विकास केन्द्र, कञ्चनपुरले ३ लाख ५० हजार पाएको छ भने नव प्रतिभा समूह, कैलालीले ३ लाख पाएको छ । परिषद्ले सोलुखुम्बु फाउन्डेसनलाई ३ लाख ५० हजार दिएको छ भने महिला सशक्तीकरण समाज, सञ्चनपुरले पनि ३ लाख ५० हजार नै चप्काएको छ । 
परिवर्तन समाज नेपाल डोटीले ४ लाख, महिला मुक्ति मञ्च डडेल्धुराले ३ लाख र पुकार अपांग अशक्त समाज, झापाले २ लाख ५० हजार पाएका छन् । 

 
त्यसैगरी जनहित कल्याण, महोत्तरी, शान्ति समाज नेपाल, काठमाडौं, मानव अधिकार र विकास केन्द्र सिरहा पनि ३३ भाग्यमानी संघ–संस्थामा दर्ज भएका छन् । परिषद्का अनुसार, यी संस्थाहरूमध्ये जनहितले २ लाख ५० हजार पाएको छ भने शान्ति समाज र मानव अधिकार र विकास केन्द्र सिरहाले बराबरी २ लाख २५ हजार पाएका छन् । मानव अधिकार र विकास केन्द्र सिरहा भने ४ लाख हत्याउन सफल भएको छ । 

 
उता दलित संघ, सिन्धुलीले २ लाख, क्यान्सर समाज नेपाल, काठमाडौंले ३ लाख र जनसेवा युवा उत्थान केन्द्र धनुषाले ४ लाख हात पारेका छन् । जितबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले २ लाख, नारी उत्थान केन्द्र कञ्चनपुरले ३ र समृत कर्णाली अभियान, हुम्लाले २ लाख ५० हजार सहयोग पाएका छनत् । 

 
बन्धु मिलन युवा समिति बझाङ अनुदान पाउने संघ–संस्थाहरूको सूचीको २० औं नम्बरमा छ । उसले पाएको सहयोग रकम २ लाख ५० हजार छ । 

 
सहयोग पाउने सबैभन्दा भाग्यमानी संस्था गोरखाको रहेको छ । त्यहाँ क्रियाशील महिला बालबालिका उद्धार केन्द्रले ५ लाख हात पारेको छ । 
समृद्धि मञ्च, कालिकोट, बहुउद्देश्यीय अनुसन्धान विकास र नमूना नेपालले क्रमशः ३ लाख र २ लाख ५० हजार अनुदान पाएका छन् । राष्ट्रिय शारीरिक अपांग संघ ललितपुरले २ लाख ५० हजार पाउँदा एकीकरण नेपाल, गोरखाले पनि सोही बराबर रकम परिषद्बाट पाएको छ । 

 
अनुदान पाउने संस्थाको नाम यतिमै सकिन्न । २७ औं नम्बरमा रकेको किताबी चरो काठमाडौंले २ लाख ५० हजार, एपी थेरापी एशोएिसन, काठमाडौंले ३ लाख र भिजन नेपाल सिन्धुलीले २ लाख ५० हजार अनुदान हत्याएका छन् ।

 
दुर्गा खदशरथ स्मृति प्रतिष्ठान कैलालीले २ लाख ५० हजार पाउँदा हिल नेपाल काठमाडौं र महिला मानव अधिकार जागरण अभियान, झापाले ३–३ लाखको बक्सिस आर्थिक वर्षको अन्तिममा पाएका छन् । गतिशील जनचेतना अभियान गुल्मीले ३ लाख पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा