समाजवादी पार्टीमा साना ११ दल

local-levelकाठमाडौँ,   २६ असोज । दलहरूको बीचमा ध्रुवीकरण तथा तालमेल भइरहेको बेला नेपाल सङ्घीय समाजवादी पार्टीले पनि विभिन्न ११ वटा साना दलहरू आफूमा समाहित भएको जनाएको छ ।

रिजवान अन्सारी अध्यक्ष रहेको समाजवादी पार्टीमा नेपाल सङ्घीय समाजवादी पार्टी, संयुक्त जातीय मुक्ति मोर्चा, मूलवासी मुक्ति पार्टी, राष्ट्रिय समुक्ति पार्टी, किरात जनवादी वर्कर्स पार्टी, नेपाल श्रमिक शक्ति पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, बहुजन शक्ति पार्टी, राष्ट्रिय जनविकास पार्टी, दलित मुस्लिम श्रमिक पार्टी, दलित अधिकार अभियान, गण्डकी, धौलागिरि, लुम्बिनी र संयुक्त दलित अधिकार मञ्च समाहित भएको जनाइएको छ ।
समाजवादी नेपालले आयोजना गरेको एकीकरण कार्यक्रममा बुधबार अध्यक्ष अन्सारीले आफूहरू तेस्रो वैकल्पिक धारको निर्माणमा लागेको बताउनुभयो । उहाँले नेपाललाई ठूला दलहरूले राजनीतिक प्रयोगशाला बनाएको आरोप लगाउँदै देशमा देखिएको लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनले मुलुकलाई निकास दिन नसक्ने दाबी गर्नुभयो ।
नेकपा एमालेबाट गृह राज्यमन्त्री बन्नुभएका अन्सारीलाई मन्त्री पदबाट हटाएपछि उहाँले सो पार्टी छाडेर अशोक राईले गठन गर्नुभएको सङ्घीय समाजवादी पार्टीमा जानुभएको थियो । पछि उहाँले सो पार्टी छाडेर आफ्नै नेतृत्वमा छुट्टै पार्टी गठन गर्नुभएको थियो । एकीकृत पार्टीको नाम ‘नेपाल सङ्घीय समाजवादी पार्टी’ र चुनाव चिह्न बस रहेको छ । पार्टीको झन्डा भने आयताकार सेतोमा रातो रङको तीन तारा रहनेछन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी