February 18, 2020

सफाइ पाएपछि यस्तो आयो महराको वक्तव्य

krishna-bd-mahara

फाल्गुन ६, काठमाडौँ / सङ्घीय संसद् सचिवालयका कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोपमा जिल्ला अदालत काठमाडौँबाट निर्दोष ठहरिएपछि निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्ना बारेमा चासो व्यक्त गर्नेप्रति आभार प्रकट गर्नुभएको छ ।

अदालतको आदेशसँगै डिल्लीबजार कारागारबाट रिहा भएलगत्तै आज एक वक्तव्य जारी गर्दै उहाँले आफूमाथि लगाइएको आरोप गलत सावित भएको र अदालतले निर्दोष ठहर गर्दै सफाइ दिएको भन्दै आभार व्यक्त गर्नुएको हो । “यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्य, मित्र, मेरो पक्षमा वकालत गर्ने कानून व्यवसायी र राजनीतिक व्यक्तित्वप्रति आभार प्रकट गर्दछु”, महराद्वारा जारी वक्तव्यमा भनिएको छ ।

एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो र उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै उहाँले नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता गौरवपूर्ण रहिरहने टिप्पणी गर्नुभएको छ । संसद् सचिवालयको कर्मचारी माथि दुव्र्यवहार गरेको आरोप लागेपछि तत्कालीन सभामुख महराले गत असोज १४ गते पदबाट राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक