नवराज सिलवाललाई पक्राउ गर्ने योजना असफल भएपछि तिलमिलाएका कांग्रेस सभापति शेरबहादुर देउवा सहितको एउटा समूह प्रधानन्यायाधीश सुशील कार्कीलाई हटाउने अभियानमा सक्रिय रहन थालेका छ । प्रधानमन्यायधीश कार्कीलाई महाअभियोग लगाएर भए पनि हटाउने विषयमा नेपाली कांग्रेसले गोप्य छलफल चलाएको स्रोतले दाबी गरेको छ ।
स्रोतका अनुसार,प्रधानन्यायधीश कार्कीलाई महाअभियोग लगाउने विषयमा देउवा निवास वूढानिलकण्ठमा छलफल भएको छ । पछिल्लो समय सर्वोच्च अदालतले सरकार र कांग्रेसमाथि हस्तक्षेप गरेको सभापति देउवाले निस्कर्ष निकालेका छन् । कांग्रेस सभापति देउवाले महाअभियोग लगाउने आधार र प्रक्रियाका विषयमा बुधवार केही कानुन ब्यवसायीलाई निवासमा नै बोलाएर छलफल गरेको जनाइएको छ । शीर्ष दलहरुको बैठक बस्नुअघि उनले महाअभियोग लगाउने विषयमा छलफल गरेको स्रोतले दावी गरेको छ ।
देउवाको इन्ट्रेस्ट थियो आफ्नै क्षेत्रका जयबहादुर चन्दलाई आइजीपी नियुक्त गर्नै सो योजनालाई उनै सुशीला कार्कीले इजलाशले रोकिदिएको थियो । यस पछाडि उनै देउवाले अर्काे अस्त्र चाले नवराज सिलवाललाई सरकारी कागजात दलुरुपयोग गरेको आरोप लगाई थुन्ने यो प्रयासलाई समेत सर्वाेच्च अड्चन थासिपदियो । सिलवाललाई १९ गतेभन्द्या अगाडि पक्रेर जेल हाल्ले उनीहरुको योजना भाँडिएपछि विचलित भएका देउवाले कानुन व्इवसायीहरुलाई आफ्नो निवासमा बोलाएर छलफल चलाएका हुन ।
पछिल्लो समय आईजिपी नियुक्तिका विषयमा सर्वोच्च अदालतले गरेको अल्पकालिन अन्तरिम आदेश ‘प्रहरी ऐन र नियमावली विपरित आएको भन्दै कार्कीमाथि महाअभियोग लगाउनु पर्छ भन्ने विषयले प्राथमिकता पाएको छ । देउवाले बरिष्ठ अधिवक्ता अधिकारीलाई हरेर ड्राफ्ट तयार गर्न समेत आग्रह गरेका थिए । केही कानुन व्यवसायीले कार्की विदा हुने बेला त्यस्तो निर्णय लिदा कांग्रेसलाई नै बेफाइदा हुने भएकाले त्यस्तो कदम चाल्न सुझाएका थिए ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने