सपथ ग्रहणका लागि गुण्डा नाइके मनाङेले दिए निवेदन, पाउँछन् कि पाउँदैनन् ?

 

पुस १३, 
 

काठमाडौं । सर्वोच्चको आदेशमा अघिल्लो सातामात्रै थुनामुक्त भएका गुण्डा नाइके राजिव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेशसभामा सपथग्रहणका लागि निवेदन दिएका छन् । 

मनाङेले बिहीबार अर्का व्यक्तिमार्फत प्रदेशसभामा लिखित निवेदन दर्ता गराएका हुन् ।

प्रदेशसभा सचिवालयका उपसचिव नारायणप्रसाद अधिकारीका अनुसार सपथग्रहण गरिपाउँ भन्ने निवेदन प्रदेशसभा सचिवालयमा दर्ता भएको छ ।

निवेदन दर्ता भए पनि बाँकी प्रक्रिया भने कानुनअनुसार नै हुने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए । ‘उनी थुनामुक्त मात्र भएका हुन्, सपथग्रहण गर्न पाउँछन कि पाउँदैनन् भन्ने विषय कानुनअनुसार नै हुन्छ,’ उनले भने । 

गत वर्ष मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर उनी विजयी भएका थिए ।

उनले निर्वाचन जिते पनि हालसम्म प्रदेशसभा सदस्यको हैसियतमा सपथ भने लिएका छैनन् ।

निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले केही हप्ताअघि मुद्दा फैसला नभएसम्म सपथ लिन नमिल्ने बताएका थिए । 

‘थुनामुक्त हुनु भनेको मुद्दा फैसला हुनु होइन,’ उनले भने, ‘अदालतले मुद्दा टुंग्याएको हकमा भने उनले सपथ लिन पाउँथे ।’ यो खबर आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण