काठमाडौं । नेपालले सन् २०११ को पर्यटन वर्षमा राखेको १० लाख पर्यटक भित्र्याउने लक्ष्य ७ वर्षपछि पूरा हुने देखिएको छ । सन् २०१८ को पहिलो ६ महिनाको पर्यटन आगमन दर पछिल्लो ६ महिनामा पनि कायम रहे ७ वर्ष अगाडि राखेको लक्ष्य बल्ल पूरा हुने छ ।
२०१८ को पछिल्लो ६ महिनामा ५ लाखभन्दा धेरै वाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागका अनुसार जनवरी देखि जुनसम्म ५ लाख २० हजार १४ जना वाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । २०१७ को पहिलो ६ महिनामा ४ लाख ६० हजार २ सय पर्यटक नेपाल भित्रिएका थिए ।
२०१८ को जनवरीदेखि ६ महिनासम्म नेपाल भ्रमणमा आउने पर्यटक मध्ये सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन् । ६ महिनामा ९६ हजार ३ सय भारतीय पर्यटक नेपाल आएका छन् ।
सन् २०१७ मा सवैभन्दा धेरै ९ लाख ४० हजार विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०१८ को पहिलो ६ महिनाको आगमन दर नै पछिल्लो ६ महिनामा पनि कायम रहे यसवर्ष साढे ११ लाख ५० पर्यटक नेपाल आउने छन् ।
सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द