सन्दीप नखेलेको खेलमा चेन्नईसँग दिल्लीकाे लज्जास्पद हार

काठमाडौँ, १९ वैशाख : चेन्नई आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

1556757348_delhiVSChennai

बुधबार भएको खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सलाई ८० रनले पराजित गर्दै चेन्नई शीर्ष स्थान उक्लिएको हो ।

चेन्नईस्थित चिदामबराम क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १७९ रन बनाएको थियो । चेन्नईका लागि सुरेश रैनाले ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कप्तान महेन्द्र सिंह धोनीले अविजित ४४ रन जोड्दा फाप डु प्लेसिसले ३९ रन बनाए । रविन्द्र जडेजाले २५ रन बनाए ।

दिल्लीका जगदीश सुचिथले २ विकेट लिए । दिल्लीले सन्दीपलाई भने खेलाएको थिएन ।

जितसंगै चेन्नईले १३ खेलबाट १८ अंक जोडेको छ ।र, दिल्लीलाई पछि पार्दै चेन्नई शीर्ष स्थानमा फर्किएको छ ।

चेन्नईले दिएको १८० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्ली १६ ओभर २ बलमा अलआउट हुँदै ९९ रनमा समेटियो ।

दिल्लीका लागि कप्तान श्रेयस एयरले ४४ तथा शिखर धवनले १९ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्ने सकेनन् ।

दिल्लीलाई सस्तैमा रोक्न चेन्नईका इमरान ताहिरले ४ विकेट लिए । यस्तै रबिन्द्र जडेजाले ३ विकेट लिए ।

यो जितपछि चेन्नईको क्वालिफायर पुग्ने सम्भावना बलियो बनेको छ ।

पराजित दिल्ली १३ खेलबाट १६ अंक जोडेर दोस्रो स्थानमा छ । दिल्ली प्ले अफमा यसअघि नै पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति