सन्दीपले सिपिएलमा उत्कृष्ट प्रदर्शन गर्दै लिए २ विकेट (भिडीयो)

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग ) मा बिहिबार बिहान एकै ओभरमा दुई विकेट लिएका छन्।

hqdefault

टस जितेर पहिले बलिङ गरेको सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सका लागि सन्दिपले ४ ओभर बलिङ गर्दै २१ रन खर्चिएर २ विकेट लिए।

सीपीएलको आफ्नो तेस्रो खेलमा सन्दिपले लिगको शीर्ष स्थानमा रहेको जमैका टाल्लावासविरूद्ध चारै ओभर बलिङ गरेका हुन्।

खेलको पाँचौ ओभरमा बलिङ गर्ने आएका सन्दिपले पहिलो ओभरमा एक छक्कासहित १० रन खर्चिए।

यस्तै सातौ ओभरमा आफ्नो दोस्रो ओभर लिएर आएका सन्दिपले २ विकेट लिनुका साथै ८ रन खर्चिए।

उनले सातौ ओभरको दोस्रो बलमा के लुइस र एम म्याकार्थीलाई आउट बनाए।

१३औं ओभरमा आफ्नो तेस्रो ओभर बलिङ गरेका सन्दिपले मात्र १ रन खर्चिए।

१५औं ओभरमा आफ्नो अन्तिम ओभर बलिङ गरेका लामिछानेले ३ रन खर्चिए।

पहिलो सात बलमा १६ रन खर्चिएका सन्दिपले बाँकी १७ बलमा ५ रन मात्र खर्चिएर २ विकेट लिएका हुन्।

यो सन्दिको सिपिएलमा पाँचौ विकेट हो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति