February 14, 2018

सन्दीपले लिए क्यानडाका कप्तान तथा प्रतियोगिताकै सर्वाधिक दोस्रो उच्च स्काेररकाे विकेट

 

 काठमाडौं फागुन २


सन्दीप लामिछाने

सन्दीप लामिछाने
 

अाइसीसी विश्व क्रिकेट लिग डिभिजन दुर्इ अन्तर्गत क्यानडाविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ। सन्दीप लामिछानेले क्यानडाका कप्तान तथा प्रतियोगिताकाे सर्वाधिक दाेस्रो उच्च स्काेरर नितिश कुमारलार्इ विकेट किपर ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराएका हुन्।

उनी पाँच रनमै अाउट भए। नितीश कुमारले जारी प्रतियोगिताकाे पाँच खेलमा दाेस्राे सर्वाधिक १७३ रन जोडेका छन्।

त्ससअघि बसन्त रेग्मीले प्रतियोगिताकै उच्च स्कोर बनाएका रुभिन्द गुनसेकरालार्इ ९ रनमा रोहित पौडेलकाे हातबाट क्याच गराएर नेपाललार्इ पहिलो सफलता दिलाएका थिए। गुनकेसराले जारी प्रतियोगिताकाे पाँच खेलमा सर्वाधिक २१६ रन जोडेका थिए।

नेपालले टस जित्दै क्यानडालार्इ ब्याटिङमा उतारेको थियो। नेपालले अर्को महिना जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न अाजको खेलमा जित अावश्यक छ।

नामिबियाले मंगलबार केन्यालाई आठ विकेटले पराजित गरेसँगै नेपाललाई जित्नैपर्ने दबाव थपिएको हो। जितसँगै दोस्रो स्थानमा उक्लिएको नामिबियाले नेपाललाई तेस्रो स्थानमा धकेलेको थियो। 

अंकतालिकमा समान चार खेल खेल्दा क्यानडा, नामिबिया र नेपालले तीन खेलमा जित र एक खेलमा हार सहित समान ६ अंक जाेडेपनि रनरेटका अाधारमा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्।

क्यानडालाई आज पराजित गर्न सके नेपाल शीर्ष स्थानमा उकाल्नुका साथै नेपाललाई एकदिवसीय विश्वकप छनोटमा पुर्याउनेछ। तर, नेपाल पराजित भयो भने चाही नेपालको विश्वकप छनौट खेल्न सपना तुहिनेछ। 

नेपाल र क्यानडाबीच भएका ५० ओभरका पछिल्ला दुई खेलमा एक खेल क्यानडाले र अर्को खेल नेपालले जितेको छ। सन् २०१४ मा विश्वकप छनोटमा नेपाल क्यानडासँग १२ रनले पराजित भएको थियो भने सन् २०१५ मा नामिबियामा नै भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपालले क्यानडालाई ७ विकेटले पराजित गरेको थियो।

जारी विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपालले पहिलो खेलमा नामिबियालाई एक विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा यूएईलाई ४ विकेटले तथा केन्यालाई ३ विकेटले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति