काठमाडौँ, १४ फागुन । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् । गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले उक्त अवार्ड हात पार्न सफल भएका हुन् ।
गत सिजन आइपिएलका लागि छनोट भएलगत्तै उनी सिपिएल टिम सेन्ट किट्स एन्ड नाभिस प्याट्रिओट्समा आबद्ध भएका थिए । पाँच हजार अमेरिकी डलरमा सो क्लबमा आबद्ध भएका सन्दीपले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा पाँच खेलमा सात विकेट लिन सफल भएका थिए ।
सन्दीप हाल पाकिस्तान सुपरलिगका लागि युएईमा छन् । सन्दीपले अहिलेसम्म नौ विदेशी लिग खेलिसकेका छन् । सन्दीप आबद्ध भएका विदेशी लिगमा आइपिएल (भारत), ग्लोबल टी–२० (क्यानडा), सिपिएल (वेस्टइन्डिज), एपिएल (अफगानिस्तान), टी–१० (युएई), बिबिएल (अस्ट्रेलिया), बिपिएल (बङ्गलादेश), हङकङ टी–२० ब्लिज, पिएसएल (पाकिस्तान) छन् ।
गत वर्षबाट इण्डियन प्रिमियर लिगबाट टि–२० लिगमा ‘डेब्यू’ गरेको सन्दीपले यही एक वर्षमा क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि–२० क्यानडा, अफगानिस्तान प्रिमियर लिग, टि–१० लिग र अष्ट्रेलियाको बिगबास लिगमा आफ्नो उपस्थिति जनाएका मात्र छैनन्, विश्व क्रिकेटका हस्ती ब्याट्सम्यानलाई ‘पभेलियन’ पनि फर्काएका छन् । रासस
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने
पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार
माघ १०,बैतडी। श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं