October 20, 2019

सन्दिप लामिछाने खेल्ने ‘द हन्ड्रेड’ क्रिकेटको नियम फरक छ 

काठमाडौं। नेपाली क्रिकेटर सन्दिप लामिछाने इङल्याण्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको लागि छनोट भएका छन् । यसका लागि उनले अहिलेसम्मकै उच्च मूल्य पाए । सन्दिपले यो लिगका लागि एक लाख बेलायती पाउण्ड पारिश्रमिक पाउनेछन् जसको नेपाली मूल्य १ करोड ४५ लाख २५ हजार नेपाली रुपैयाँ बराबर हुन्छ ।

यो लिगमा ८ टिमहरु बर्मिंघम फोनिक्स, लण्डन स्पिरिट, म्यान्चेस्टर ओरिजिनल्स, नर्दर्न सुपरचार्जर्स, ओभल इन्भिन्सिबल्स, साउदर्न ब्रेभ्स, ट्रेन्ट रकेट्स र वेल्स फायर छन् । सन्दिप बर्मिंघम फोनिक्समा आबद्ध भएका हुन् । यो टिममा इङल्याण्डको सेन्ट्रल कन्ट्रयाक्ट खेलाडी क्रिस वोक्स छन् । स्थानीय आइकनको रुपमा मोइन अली र प्याट ब्राउन छन् । यसबाहेक ड्राफ्टबाट सन्दिपसहित शाकिब अल हसन, साम बिलिंग्स, निकोलस पुरन, लेविस ग्रेगोरी, रिकी वेसेल्स, विल ज्याक्स, वायन प्रनिल, साम नर्थेस्ट, र्यान हिगिन्स, एलेक्स डेभिस र डुवाले ओलिभर छन् ।

यो लिगमा एक टिमले ३ जनामात्र विदेशी खेलाडी राख्न पाउने नियम भएकोले टिमले नेपालका सन्दिप लामिछाने, बंगलादेशका शाकिब अल हसन र वेष्ट इण्डिजका निकोलस पुरनलाई मात्र आबद्ध गरेको छ । बाँकी सबै खेलाडी इङल्याण्डका हुन् । सेतो बलबाट खेलिने यो लिगको नियम क्रिकेटका अन्य फर्म्याटको भन्दा निकै फरक छ । इङल्याण्ड र वेल्स क्रिकेट बोर्डले यसका नियम सार्वजनिक गरेको छ ।

यो फरम्याटमा एक इनिङमा १०० बल हुनेछन् । रोचक त के भने यसमा क्रिकेटका अन्य फरम्याट टेस्ट, वनडे, टि–२० र हालै प्रचलनमा आएको टि–१० मा जस्तो ६ बलको एक ओभर हुने छैन । यसमा बलिङ गर्ने इण्ड हरेक १० बलमा परिवर्तन हुनेछ । क्रिकेटका हाल प्रचलनमा रहेका अन्य सबै फरम्याटमा भने ६ बल अर्थात एक ओभरपछि बलिङ इण्ड परिवर्तन हुने गर्छ ।

द हण्ड्रेडमा एक बलरले लगातार ५ वा १० बल फाल्न पाउनेछन् । बलरलाई ५ बल फाल्न दिने वा १० बल फाल्न दिने भन्ने बलिङ गर्ने टिमका कप्तानको आत्मनिर्णयको कुरा हुनेछ । यदि एक बलरलाई ५ बलमात्र फाल्न दिइएमा उनले एउटा इण्डबाट ५ बल फालेपछि अर्का बलरले पनि त्यही इण्डबाटै अर्को ५ बल बलिङ गर्नेछन् । अहिले प्रचलित क्रिकेटका सबै फरम्याटमा बलर फेरिएपछि बलिङ इण्ड पनि परिवर्तन हुने गर्छ तर द हण्ड्रेडमा यस्तो हुने छैन । तर, यदि कप्तानले ती बलरलाई १० बल नै फाल्न दिएमा भने ती बलरले एउटै इण्डबाट पूरै १० बल बलिङ गर्नेछन् र अर्का आउने बलरले अर्को इण्डबाट बलिङ गर्नेछन् ।

द हण्ड्रेडमा एक बलरले अधिकतम २० बल बलिङ गर्न पाउनेछन् । यो नियम भने अन्य सीमित ओभरका क्रिकेटमा जस्तै अर्थात एउटा बलरले इनिङको कूल बलमध्ये २० प्रतिशत मात्र बलिङ गर्न पाउने नै कायम छ । टि–२० मा २ मिनेटको स्ट्राटेजिक टाइम आउट दिने प्रचलन छ तर यसमा भने हरेक बलिङ गर्ने टिमले एक पटक मात्र ३० सेकेण्डको स्ट्राटेजिक टाइमआउट पाउनेछन् । द हन्ड्रेडमा सुरुका २५ बल पावरप्ले हुनेछ । पावरप्लेमा बलिङ गर्ने टिमका २ जना मात्र फिल्डर ३० यार्डको घेराबाहिर बस्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति