सन्दिपसहित नेपालका तीन खेलाडी आइसिसि एकदिवसीय बरियतामा

नेपालका तीन खेलाडीलाईसमावेश गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नयाँ एकदिवसीय वरियतासार्वजनिक गरेको छ।

सार्वजनिक भएको वरियतामा बलिङतर्फ सन्दीप लामिछाने परेका छन् भने ब्याटिङमा सोमपाल कामी र ज्ञानेन्द्र मल्ल परेका छन्।

२ ओडिआईबाट ४ विकेट लिएका सन्दिप बलिङ बरियताको २१७औं स्थानमा परेका छन्।

यस्तै समान २ खेलबाट एक अर्धसतकसहित ६१ रन बनाएका सोमपाल कामी २२९ औं स्थानमा र समान २ खेलबाट एक अर्धसतकसहित ६४ रन बनाएका ज्ञानेन्द्र मल्ल २३६ औं स्थानमा समावेश छन्।

 नेदरल्याण्ड्ससँगको एकदिवसीयका आधारमा नेपाली खेलाडीहरुलाई वरियतामा समावेश गरिएको आईसीसीले जनाएको छ ।
यस्तै नेदरल्याण्ड्ससँग दुई वटा मात्रै एकदिवसीय खेल खेलेको नेपालले टिम वरियतामा स्थान पाउन अझै दुई खेल खेल्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति