सडक बहसमा ओली सरकारलाई जनताको कठघारामा उभ्याउनु पर्ने माग

कम्युनिष्ट सरकारले अत्यावश्यक वस्तु तथा ईन्धनमा गरेको मूल्य वृद्विविरुद्ध आज ७७ वटै जिल्ला सदरमुकाममा नेपाल विद्यार्थी संघले सडक बहस कार्यक्रम गरेको छ । प्रदेश नम्बर ३ को राजाधानी हेटौंडामा नेविसंघले आयोजना गरेको बहस कार्यक्रममा अध्यक्ष नैन सिंह महरले जनताका लागि सेवक बन्नु पर्नेमा सरकार नै जनविरोधी काममा उद्दत भएपछी देशव्यापी आन्दोलन गर्नु परेको बताए । उनले रक्षक नै भक्षक भएका कारण ओली सरकारलाई जनताको कठघारामा उभ्याउनु पर्ने माग गरे ।

सडक बहसमा उनले मूल्य वृद्वि थोरै मात्रा घटाऊनु भन्दा पनि बढाईएको सबै मूल्य फिर्ता नहुन्जेल नेविसंघको आन्दोलन नरोकिने बताए । जिल्ला अध्यक्ष राजु खतिवडाको सभापतित्वमा सम्पन्न सडक बहसमा नेविसंघ महामन्त्री सरोज कुमार थापा, पूर्व सहमहामन्त्री निलकन्ठ रिजाल, नेविसंघ नेता आनन्द रवत लगायतले सरकारले जनतालाई महङ्गी बाँच्न बाध्य पारेको बताउँदै सरकारविरुद्ध आवाज सशक्त पार्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने