सडकको धुलो र धुँवाबाट आजित स्थानीय आन्दोलित

धरान, चैत ३ – मध्य नेपाललाई पूर्व जोड्ने छोटो मार्ग धरान–चतरा–गाईघाट–सिन्धुली–हेटौंडा सडकको निर्माण सुस्त गतिमा चल्दैछ । तीन वर्षभित्र निर्माण सक्ने गरी २०७३ साल मंसिरमा ठेक्का दिए यता १५ प्रतिशत मात्र काम भएको छ ।

chatara-ma-dhulo-2

३ सय १८ किमि सडक दुई लेन बनाउन दुई वटा कम्पनीलाई ठेक्का दिइएको छ । उदयपुर बसाहा वीरेन्द्र चोकदेखि सिन्धुली भिमान सम्मको १३५ किमि सडक निर्माणको ठेक्का जेट आइ इ सी लामा जोइन भेन्चरले पाएको छ भने भिमान देखि हेटौँडासम्मको ११५ किमि सडकको ठेक्का कालिका, स्वच्छन्द राङकेन जोइन भेन्चरले पाएको छ ।

सडक विभागका इन्जिनियर कविश तण्डुकारका अनुसार तीन वर्षभित्र सडक ११ मिटर फराकिलो बनाइ सक्ने ठेक्का सम्झौतामा उल्लेख भएपनि निर्माणको काम सुस्त गतिमा भईरहेको स्थानीयहरुको भनाई छ ।

 

सडक धरानबाट सुरु भएर दुन तथा शिवालिक उपत्यका, चुरे भावर र भित्री मधेस हुदै हेटौँडासम्म पुग्छ ।

कालिका कन्स्ट्रक्सनले धरानदेखि बसाहासम्मको सडक भने निर्माण गरिसकेको छ । यसअघि धरान–बसाहा–रूपनगर ९ सप्तरी सडकको ठेक्का कालिकाले पाएको थियो । धरान–बसाहा हुदै अहिले बनिरहेको सडक हेटौंडातर्फ लाग्ने कालिका कन्स्ट्रक्सनका कर्मचारी हरि पराजुलीले जानकारी दिए ।

यसैबीच सुनसरी जिल्लाका धार्मिक पर्यटकीय क्षेत्र बराहक्षेत्र जाने सडक निर्माणमा सडक विभाग र स्थानीय तहको चरम लापर्बाहीका कारण बढेको धुवाँ धुलोले सर्वसाधारणको स्वास्थ्यमा खेलवाड भएको भन्दै शनिबार बिहानैदेखि त्यस सडक आसपासका स्थानीयवासी आन्दोलित भएका छन् ।

इटहरी उपमहानगरपालिका, रामधुनी र बराहक्षेत्र नगरपालिका क्षेत्र अन्तर्गतको कान्छि चोक नडाहा खण्डको सडक केही वर्षअघि कालोपत्रे गरेको भए पनि अहिले कालोपत्रे उप्किएको र सडक विभागले निर्माणको पुनः ठेक्का लगाइसकेको भए पनि सडक निर्माणमा चरम लापर्बाही भई सडक आसपासमा बसि नसक्नु भएकाले बाध्य भएर सवारी चल्न रोक लगाएको स्थानीयवासीले बताएका छन् ।

सडकमा उड्ने धुलो धुवाँले मान्छेले पैदल हिँड्न नसक्ने तथा साना सवारी साधन समेत चढेर यात्रा गर्न कठिन हुने र दुर्घटना अधिक रुपमा बढेको भन्दै स्थानीयवासीले तत्काल सडकमा पानी हाली धुलो धुवाँ नउड्ने बनाउन आग्रह गर्दै सवारी सञ्चालनमा रोक लगाएको स्थानीयवासी पुष्प प्याकुरेलको भनाई छ ।

इटहरी उपमहानगरपालिका १७ तथा रामधुनी नगरपालिका ६ र ७ एवं बराहक्षेत्र नगरपालिका ४, ५ र ६ हुँदै धार्मिक तीर्थस्थलसम्म जाने उक्त सडक निर्माणकर्ता ठेकेदार कम्पनी दिवा निर्माण सेवाले समेत सर्वसाधारण मानिसको स्वास्थ्यमा खेलवाड गर्दै आएकाले आफूहरुले तत्काल सडकमा पानी प्रयोग गर्न दबाबका लागि आन्दोलन गर्नुपरेको स्थानीइ विनोद आचार्यले बताए ।

स्थानीयवासी हेमनारायण राजधामीका अनुसार पटक–पटक स्थानीय तह र सडक विभागसँग धुलो उड्ने कार्य नियन्त्रणका लागि बारम्बार भन्दा पनि अटेर गरिएकाले सवारी सञ्चालनमा रोक लगाउनुको विकल्प नरहेको हो । सडक ठेकेदारले सडकमा पानी नहालेसम्म सवारी चलाउन नदिने स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने