June 14, 2018

सञ्चारमन्त्री बास्कोटालाई पूर्व सञ्चारमन्त्री रिजालको कटाक्ष– पत्रकारलाई सरकारकै प्रचारकको जस्तो व्यवहार गर्ने ?

पूर्व सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले अन्तरवार्ताका क्रममा दाईजोसम्वन्धी प्रश्न गरेकै कारण नेपाल टेलिभिजनको कार्यक्रम बन्द गरिदिएको र प्रस्तोतालाई निष्कासन गरेकोप्रति कटाक्ष गरेका छन् ।प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाल टेलिभिजनको कार्यक्रम ‘सिधा प्रश्न’ लाई बन्द गर्न लगाएको र कार्यक्रम प्रस्तोता राजु थापालाई निष्कासन गरेको प्रति आपत्ति जनाएका छन् । 
कांग्रेस सांसद रिजालले भने, ‘‘नेपाल टेलिभिजन सार्वजनिक प्रसारण माध्यम हुनु पर्छ भन्ने मान्यता विपरित मन्त्रीले सरकारकै प्रचारकलाई जस्तो व्यवहार गरेका छन् ।’’

सञ्चारमाध्यम सरकारको नियन्त्रणमा रहनु हुदैन भन्ने विश्वव्यापी मान्यता अनुसार नेपाल टेलिभिजनलाई पनि सरकारबाट संसदको मातहतमा लैजाने गृहकार्य भइरहेका बेला कार्यक्रम नै बन्द गराउने र प्रस्तोतालाई निकाल्ने सञ्चारमन्त्रीको निर्णय गलत भएको पूर्व सञ्चार मन्त्री रिजालको भनाई छ । सरकारका मन्त्रीहरुले कानुन अनुसार काम गराउने भन्दा पनि सत्ताको बल र धम्की देखाउने गरेको उनले बताए ।

नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक प्रसारण माध्यम बनाउन आफू सञ्चारमन्त्री भएकाले बेला गृहकार्य थालेको उनको भनाइ थियो । सार्वजनिक प्रसारण माध्यम बनाउने तर्फ नलागेर आफ्नै प्रचार यन्त्र बनाउने अभ्यासतिर वहालवाला ‘बलशाली’ सञ्चार मन्त्री लागेको रिजालले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक