July 29, 2018

सञ्चारमन्त्री गोकुल बाँस्कोटाको नेतृत्वमा भएका राम्रा कामहरु

download
काठमाडाँै । सञ्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल बाँस्कोटाको नेतृत्वमा भएको महत्वपूर्ण कामहरुलाई आम नेपालीले रुचाएका छन् । हालसालै मात्र सेवा प्रदायकले आफूखुसी बढाएको इन्टरनेटको मूल्य सञ्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल बाँस्कोटाकै पहलमा फिर्ता भएको छ । त्यसैगरी मन्त्री बाँस्कोटाले नेपालमै पहिलो पल्ट २० फिल्महलबाट बक्सअफिसको सुरुवात गरेका छन् । उनले यहि साउन १ गतेबाट नेपालका फिल्महलबाट बक्सअफिस सुरु गरेका हुन् । त्यसैगरी मन्त्री बाँस्कोटाकै पहलमा पहिलोपटक गित संगीतका सर्जक र कलाकारहरुले एफ एम रेडियोमा आफ्नो गित बजे पछि रोयल्टी पाउने कुराको सुनिश्चितता गर्दै सरकार ,एफएम रेडियो र रोयल्टी समाज बिच सम्झौता भएको छ । त्यसैगरी मन्त्री बाँस्कोटाकै पहलमा पहिलो पटक रु एक करोड रुपैयाँ रकमको पत्रकार वृत्ति कोष स्थापना भएको छ । यस आर्थिक बर्षमा थप दुई करोड थपिने छ अब पत्रकारिता क्षेत्रमा लामो योगदान गरेका र आफ्नो उर्जा्शिल समय सञ्चार जगतमा ब्यतित गरेका पत्रकारहरुले थप सामाजिक सुरक्षाको अनुभुती गर्न पाउने अवस्था आएको छ । त्यसैगरी मन्त्री बाँस्कोटाकै पहलमा विभिन्न सरकारी स्वामित्वमा रहेका सञ्चार माध्यममा विभिन्न ब्यक्ति तथा सस्थाहरुले तिर्न बाकी बक्यौतालाई उठाउने काम भएको छ र केही बाकी बक्यौता उठाउन निर्देशन गरिएको छ । नेपाल टेलिभिजनमा डा महेन्द्र बिष्ट ,राससमा हरिरर अधिकारी श्यामल र प्रेस काउन्सिलमा गोपाल बुढाथोकी जस्ता बरिस्ठ ,लोकप्रिय र क्षमतावान पत्रकारहरुको नियुक्तिले नियुक्तिलाई बिबादरहित मात्र बनाएको छैन । राजनीतिक नियुक्तिको गरिमा र मर्यादालाई बलियो पनि मन्त्री बाँस्कोटाले गरेका राम्रा काम हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

कोषकी नवनियुक्त निर्देशक पुनको नियुक्ति बदर

 माघ ८,  काठमाडौँ।  उच्च अदालत पाटनले पशुपतिक्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

बौद्धिक भ्रष्टाचारका पाटाहरू

व्यक्तिगत हित वा स्वार्थ पूर्तिका लागि सार्वजनिक ओहोदा वा पद, स्रोत वा सम्पत्तिको हानि नोक्सानी

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं