August 20, 2019

सचिवालयको निर्णयविरुद्ध लिखित असहमति पेश गर्दै नेपाल

भदौ ३,काठमाडौं : गत शुक्रबार र आइतबारको निर्णयबाट ‘कर्नर’मा परेका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चौथो वरीयताका नेता माधवकुमार नेपालले सचिवालय बैठकमा लिखित असहमति पेश गर्ने भएका छन् । युवा, मजदुर, महिला संगठनसहित ६ जनवर्गीय संगठनको इन्चार्ज, सहइन्चार्ज चयनमा नेता नेपालको ‘नोट अफ डिसेन्ट’ थियो ।

सचिवालयको निर्णयविरुद्ध लिखित असहमति पेश गर्दै नेपाल

पार्टीभित्र ‘एक व्यक्ति एक पद’ लागू गरिनुपर्नेलगायत विभिन्न बुँदा समेटेर सचिवालयको बैठकमा लिखित असहमति दर्ज गर्न लागेको उनी निकट स्रोतले जानकारी दियो । नेकपाको सचिवालय बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

गत असार ३१ र साउन १ गते बसेको पार्टी सचिवालय बैठकले ३२ विभाग, ७ प्रदेश सम्पर्क समन्वय कमिटी, विशेष जिल्ला कमिटी गठन गर्नुका साथै झण्डै ३० वटा जनसंगठनको इन्चार्ज र सहइन्चार्ज तोकिएको थियो । त्यस्तै बैठकले १५ महिनापछि पार्टीको वरीयता पनि हेरफेर गरेको थियो । पार्टी एकताका बेला नेता नेपाललाई तेस्रो वरीयतामा राखिएको थियो । 

आइतबारको सचिवालय बैठकले एमालेको नवौँ महाधिवेशनबाट पारित विधानअनुरूप झलनाथ खनाललाई अगाडि ल्याएर नेपाललाई चौथो वरीयतामा धकेलेपछि साविक एमालेका उपाध्यक्षत्रय युवराज ज्ञवाली, भीम रावल र अष्टलक्ष्मी शाक्यलाई सोही जिम्मेवारीका साथ सचिवालयमा ल्याउनुपर्ने प्रस्ताव पनि उनले सचिवालयमा लिखित रूपमै राख्न लागेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक