३१ जेठ, काठमाडौं । व्यवस्थापिका संसद् सचिवालयले आफूसँग भएका सद्दे सवारी साधन बिग्रिएको देखाएर १८ वटा नयाँ गाडी किनेको छ । यसबाट राज्यलाई अनावश्यक करोडौं रुपैयाँको भार परेको नागरिक दैनिकले लेखेको छ ।
सचिवालय परिसरमा सयभन्दा बढी सवारी साधन त्यत्तिकै थन्क्याएर राखिएको देखिन्छ । ती गाडी सबैजसो प्रयोग गर्न योग्य भए पनि सचिवालयले नयाँ किन्नकै लागि ‘बिग्रिएका’ भन्दै प्रयोग नगरेको हो ।
लामो समयसम्म प्रयोग नगरी थन्किाएर राख्दा केही गाडी मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन् ।
आफूसँग भएका गाडी प्रयोगमा ल्याउन छाडेर सचिवालयले १८ वटा नयाँ खरिद गरेको हो । खरिद गरिएका गाडीमध्ये १२ स्कारपियो जिप शनिबार र तीनवटा ह्याच ब्याक कार सोमबार सचिवालयमा ल्याइएको छ । बाँकी ३ वटा कार पनि मंगलबार ल्याइयो ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने