आज बुधबार चलेको राष्ट्रिय सभा बैठकमा घुस प्रकरणले चर्चा पाएको छ । सरकारी राहत र अनुदानमा खुलेआम घुसखोरी भएको उल्लेख मात्रै भएन, घुस खानेको नामै किटेर कारवाहीको माग गरिएको छ ।राष्ट्रिय सभा सांसद चक्रप्रसाद स्नेहीले दलित हलियाहरूका नाममा सरकारबाट आएको राहत र अनुदान रकममा ३ करोड ३८ लाख घुस खाएर रकम हिनामिना भएको दावी गरे । उनले राष्ट्रिय सभा अध्यक्ष मार्फत सरकारलाई ध्यानाकर्षण गराउँदै घुस खानेहरूलाई बयान लिएर छाड्ने तयारी भएको भन्दै त्यसो नगर्न र कडा भन्दा कडा कारवाही गर्न उनले माग गरे ।
स्नेहीले घुस खानेको नामै किटान गरेका छन् । उनले घुस खाएको प्रमाणहरू पनि फेला परेको र घुस्याहहरूले केही रकम फिर्ता समेत गरेको उल्लेख गरेर विवरण बताउँदा सांसदहरूले निकै ध्यानपूर्वक सुनेका थिए । को को हुन् घुस खाने उनकै मुखबाट सुन्नुहोस् । भिडियोः
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक
माघ २२,काठमाडौँ,। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गहकिलो ढङ्गले गलत