September 16, 2019

संसदमा हंगामा, कांग्रेस सांसदद्वारा चर्को नारावाजी

भदौ ३०, २०७६, काठमाडौं– बाँके घटनाको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताबीच भनाभन भएपछि संसदमा हंगामा भएको छ । सोमवार बसेको प्रतिनिधि सभा बैठकको शुरुमै नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल बोलेपछि कांग्रेसले सदन चल्न दिने बताएको थियो । 

लगत्तै सभामुख कृष्णबहादुर महराले नेकपाका नन्दलाल रोका क्षेत्रीलाइै बोल्न समय दिए । बाँकेका सांसद रहेका रोकाले कांग्रेसले आरोप  लगाएजस्तो घटना बाँकेमा नभएको दावी गरे ।

‘वडाअध्यक्षलाई मुद्धा लगाउने कुरा स्वीकार्य छैन, कांग्रेसले आन्दोलन गरे आन्दोलन गर्न तयार छौ । समिति गठन गरेर छानविन गर्नुपर्छ ’ क्षेत्रीले भने । त्यसलगत्तै कांग्रेस सांसदहरुले उठेर टेवल ठटाएका थिए ।

सभामुख महराले केही बोल्न चाहेको बताउँदा बताउँदै कांग्रेस सांसदहरु वेलमा पुगेर नारावाजी गरेका हुन् ।

जागरण अभियानका क्रममा बाँकेमा पार्टीकी जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण गर्ने नेकपा कार्यकर्तामाथि कारवाहीको माग गर्दै कांग्रेसले आइतवार प्रतिनिधि सभाका दुईवटा बैठक अबरुद्ध गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक