‘संसदमा म जस्तो नेता को छ ?’

 

साउन २०, 
 
 

आज प्रकाशित नेपाल(साप्ताहिक)ले वामदेव रिटन्र्स शिर्षकमा समाचार छापेको छ । देशैभर वाम लहर चल्दा चुनाव हारेका नेकपा नेता वामदेव गौतम उपचुनावको जस्केलाबाट संसद छिर्ने रणनीतिमा छन् । गौतमसँगको कुराकानी पनि छापिएको छ ।

पार्टीले देशभर जित्दा तपईंले हानुभो, चुनावको ६ महिनामै संसदमा आउने योजना बनेको हो ? 

म हारेको होइन । सूर्य वा हँसिया हतौडामा मतदाता झुक्किँदा ५ हजार मत बदर भए । त्यसैले प्राविधिक रुपमा कांग्रेसका सञ्जय गौतमले जिते ।

डोल्पाका सांसदलाई राजीनामा गर्न राजी गराउनुभो ? 

डोल्पा निश्चित भइसकेको छैन । मेरा लागि ठाउँ छाड्न दर्जन सांसद तयार छन् । 

तपाईं संसद नगई नहुने किन ? 

संसदलाई दिशा दिन सक्ने, सबैलाई मिलाएर हिँड्ने मजस्तो नेता को छ ? म ०५६ र ०४६ मा संसद भइनँ । ती संसद असफल भए । म भएका बेला ०४८, ०५१, ०७० मा सफल भए । ०५४ मा स्थानीय चुनाव गराएँ । ०७० मा एमाले काग्रेस  र माओवादीलाई एक ठाउँमा ल्याएर संविधान बनाउन भूमिका खेलेँ । म नलागेको भए शान्ति प्रक्रिया के हुन्थ्यो ? एमाले गणतन्त्रमा जान्थ्यो कि जाँदैनथ्यो ? संविधान बनाउन माओवादी सहमतिमा आउँथ्यो कि आउँदैनथ्यो ? तपाईँ आफैँ मूल्यांकन गर्नुस् । 

तपाईं संसदमा आउने प्रधानमन्त्री बन्न हो ? 

म प्रधानमन्त्री र अध्यक्ष बन्न हुनुहुन्न भन्ने कहीँ छ ? मेरा सबै समकक्षी प्रधानमन्त्री भइसके । प्रचण्डले संसदमै मैले अझै एक जनालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न बाँकी छ भन्नुभो । केपी कमरेडले कैयौँ पटक अब वामदेवको पालो भन्नुभएको छ । तर, यो पाँच बर्ष सम्भावना छैन । एउटै प्रधानमन्त्रीले पूरै कार्यकाल चलाउने तय भइसकेको छ । 

नेकपाभित्र प्रचण्ड र बामदेवको गुट बनिसकेको हो ? 

अहिले केपी कमरेड र प्रचण्डको जस्तो दोस्ती अरु कसैको छैन । माधवजी(माधव कुमार नेपाल) दुवैलाई खुसी बनएर खुसी हुनुहुन्छ । सबैलाई थाहा छ, म गुटबन्दी गर्दिनँ । प्रचण्डसँग पुरानो दोस्ती हो, पार्टी एकतापछि गाढा भयो । पूर्वएमालेसँग दोस्ती छँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

१७ जनालाई ‘पक्राउ नगर्नु’ भन्ने आदेशविरुद्ध प्रहरी पुग्यो सर्वोच्च

 आषाढ २०,काठमाडौं । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नू’ भनी सर्वोच्च अदालतले जारी

ललिता निवास प्रकरणमा ४०६ जनालाई पक्राउ गर्न अनुमति

 असार १३,काठमाडौँ। ललिता निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको