संसदमा उठ्यो प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने तर्क !

असार ४,काठमाडौं : गुठी विधेयक पारित गर्ने साहस नगरेको भन्दै एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

प्रतिनिधि सभाको बुधवार बसेको बैठकको शून्य समयमा नेमकिपा सांसद प्रेम सुवालले ब्रेक्जिटमा आफ्नै सांसदले समर्थन नगरेर बेलायती प्रधानमन्त्रीले राजीनामा दिएको प्रसंग कोट्याएका हुन् ।

‘गुठी विधेयकमा जोताहालाई मोहियानी हक दिएर सम्पदा संरक्षण र संस्कृति संरक्षणको लागि तत्तत् गाउँपालिका र नगरपालिकालाई स्रोत र खर्चको व्यवस्थापन गर्ने जिम्मेवारी दिई विधेयक संशोधनसहित पारित गर्न सकिन्थ्यो तर सरकारले साहस गरेन,’ सांसद सुवालले भने, ‘प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने समय लिइसकेपछि सम्बोधनबाट पछाडि हटेर पत्रकार सम्मेलन गर्नुभयो र गुठी विधेयक फिर्ता लिनेतिर जानुभयो । यो घटनाबाट प्रधानमन्त्री ओलीले नैतिक रुपमा राजीनामा दिनुपर्ने स्थिति उत्पन्न भयो । बेलायतका प्रधामनन्त्री मेले ब्रेक्जिटमा आफ्नै पार्टीका सांसहरूले भोट नहालेपछि राजीनामा दिनुपरेको घटनाबाट पाठ सिक्न जरुरी छ ।’

सांसद सुवालले यही स्थितिमा नेकपाका अन्य नेताहरू प्रधानमन्त्री भएपनि समस्या समाधान नहुने टिप्पणी गरे । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक