माघ ४,काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन फेसन नभई आवश्यकता र औचित्यका आधारमा हुने प्रतिवद्धता दोहोर्याएका छन् । सत्तारूढ दलकै सांसद प्रदीप यादवले उठाएको संविधान संशोधनबारेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधिसभाको बैठकमा भने, “संविधान संशोधन आवश्यकताले, औचित्यले हुने हो, फेसन होइन । यो अन्धाधुन्ध अस्विकार गर्ने विषय पनि होइन । संविधान देशका लागि बनाइएको हो, देशले जहिले आवश्यक ठान्छ, जहिले उपयुक्त हुन्छ, त्यहीले संशोधन हुन्छ ।”
उनले संविधान परलोकका लागि बनाइएको अपरिवर्तनीय पुरानो धर्मशास्त्रझैँ नभएको पनि जिकिर गरे । त्यस्तै उनले कतिपय दलले जनमत निर्माणका लागि ठाउँ–कुठाउँ संविधान संशोधनको मुद्दा उठाएको बताउँदै अहिले संविधान संशोधनको बेला आइनसकेको मनशाय व्यक्त गरे ।
“जनतालाई अधिकार सम्पन्न बनाउन, अवसर दिन, सुरक्षा र सम्मानित, भेदभावरहित जीवन बाँच्नका लागि, विकासमा योगदान दिनेगरी संशोधन गरिनुपर्छ । जहिले उपयुक्त हुन्छ, आवश्यक हुन्छ, औचित्य र अनिवार्य देखिन्छ । सरसल्लाह, छलफल निष्कर्ष निकालेर संविधान संशोधन हुन्छ,” उनको भनाइ थियो ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक
माघ २२,काठमाडौँ,। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गहकिलो ढङ्गले गलत