संविधान संशोधनको लागि एमाले बाधक होइन : सचिव ज्ञवाली

काठमाडौं, ३१ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले निर्वाचन संविधान संशोधनको लागि एमाले बाधक नभएको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा ज्ञवालीले आफ्नो पार्टी संशोधनको बाधक नभएको  बताएका हुन् । उनले भने, ‘एमाले संशोधनको बाधक होइन, हामी संशोधनबारे चुनावपछि छलफल गर्न तयार छौं । हामीलाई कर्नरमा पार्न ल्याइएको संशोधन प्रस्ताव फिर्ता हुनुपर्छ, त्यसपछि हामी फ्रेश रुपमा छलफल गर्न तयार छौं ।’

सरकारले एमाले र राजपासँग एउटै विषयमा फरक–फरक कुरा गरेर चिटिङ् गरिरहेको आरोप समेत लगाए । उनले भने, ‘सत्तारुढ दलका नेताहरुले हामीसँग एउटा सहमति गर्नुहुन्छ कि अब संशोधन निर्वाचनपछिमात्रै गरौंला भन्नुहुन्छ, तर राजपाका नेताहरुसँग उहाँहरु फेरि यही संशोधन प्रस्तावमा एमाले सहमत भैसक्यो, अब पास हुन्छ भन्नुहुन्छ, उहाँहरु चिटिङ् गर्दैहुनुहुन्छ।’

उनले निर्वाचन क्षेत्र निर्धारण आयोग चाँडोभन्दा चाँडो गठन गर्न समेत सरकारसँग आफूहरुले माँग गरिरहेको बताए । उनले भने, ‘सांसदको संख्या बढाउने कुरा एमालेले कल्पना समेत गर्न सक्दैन्, सुन्नपनि तयार छैन्, यदि कुरा आउँछ भने ठाडै खारेज र अस्विकार गरिदिन्छौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक भ्रष्टाचारका पाटाहरू

व्यक्तिगत हित वा स्वार्थ पूर्तिका लागि सार्वजनिक ओहोदा वा पद, स्रोत वा सम्पत्तिको हानि नोक्सानी

संक्रमणकालीन न्यायमा अक्षम्य उदासीनता

श्रावण ३१, २०८० शस्त्र द्वन्द्वका पीडितहरूको निराशा चुलिँदो छ । आफ्नो जीवनकालमै सत्य र न्यायको माग

नीतिगत भ्रष्टाचारको कानुनी जरा काट

नीतिगत निर्णयको नाउँमा निरपेक्ष उन्मुक्ति दिनुको कहीँकतै औचित्य स्थापित हुँदैन । औचित्यहीन अपवादलाई मान्यता दिने संविधानको कुनै

अघिअघि वेद, पछिपछि विज्ञान

 २०७९ फागुन १७ सन् २०२२ को नोवेल पुरस्कार क्वान्टम थ्योरी प्रमाणित गर्ने तीनजना वैज्ञानिक एलेन

आयालाल,गयालाल र छविलाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले दुई महिना पनी नबित्दै नेकपा (एमाले)

सरकार कानुन बनाएको बनाएै गर्ने, जनता ध्रुमपान सेवन गर्न नछाड्ने !

  नेपाल सरकारले पटकपटक सार्वजनिक स्थानमा ध्रुमपान निषेध गर्ने भनेको छ । सार्वजनिक स्थलमा ध्रुमपान