संघीयताको नमिलेको छेउकुना मिलाइन्छ– प्रधानमन्त्री

Capture-13

काठमाडौँ, असोज ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र संघीयताको छेउकुना निमिलेको भए समयक्रमअनुसार मिलाइँदै (परिमार्जन गर्दै) जाने बताएका छन् ।

संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । उनले अधिकार प्राप्तिको राजनीतिक अभियानमा प्रयोगको चरण सकिएको भन्दै उनले अब प्रयोग गर्न बाँकी भएमा शीघ्र र तीव्र विकास मोडल मात्र भएको बताए ।

प्रधानमन्त्रीले संघीयता ठीक की बेठीक भन्ने बहस सान्दर्भिक नभएको भन्दै बहस र तर्कवितर्क निर्णयमा पुग्नुअघि मात्र स्वभाविक हुने बताए ।

प्रधानमन्त्री ओलीले ‘केन्द्र–प्रदेश सम्बन्ध’लाई संविधानको अक्षर र भावना अनुरुप व्यवस्थित गरिने बताए । ‘ढुंगाको भर माटोलाई, माटोको भर ढुंगालाई’ भनिन्छ । यही भावनामा क्षमता अभिवृद्धिको लागि लगानी गरिन्छ, प्राकृतिक र वित्तीय स्रोतको न्यायोचित वितरण हुन्छ,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने