श्रीमानभन्दा ७ गुणा धनी बिपाशा बासु

ग्ल्यामरस स्टाइलले नै दर्शकको मन जित्न सफल अभिनेत्री बिपाशा बासु पछिल्लो समय बलिउड चलचित्र उद्योगबाट टाढा भएकी छिन् । ‘राज’, ‘जिस्म’ जस्ता सुपरहिट चलचित्रमा काम गरिसकेकी विपशाले सन् २०१५ मा श्रीमान करण सिंह ग्रोवरका साथ फिल्म ‘एलोन’ मा देखिएकी थिइन् । त्यसयता यो जोडी चलचित्रको दुनियाँबाट टाढा रहेको छ । यो जोडीलाई बेलाबेलामा भने विदेश भ्रमण, रेष्टुरेन्ट तथा कुनै कार्यक्रमहरुमा सँगै विताइरहेका तस्बिरहरु तथा भिडियोहरु सार्वजनिक भइरहन्छन् ।

bipisha-with-karan

सन् २०१६ मा आफूभन्दा जुनियर करण सिंह ग्रोवरसँग विवाह गरेकी विपाशा फिल्ममा कामको अनुभव, उमेर वा सम्पत्ति धेरै कुरामा करणभन्दा सिनियर हुन् । एक अर्बभन्दा धेरै सम्पत्तिकी मालिक विपाशा उनका श्रीमान भन्दा ७ गुणा धनी रहेको समाचार माध्यमले जनाएको छ ।

एक भारतीय वेबसाइटका अनुसार बिपाशा बासु करीब १ सय ७२ करोड ८ लाख रूपैयाँ बराबरको सम्बपत्ति छ भने उनका श्रीमानसँग जम्मा २३ करोड २ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको छ ।

विपशा फिल्म उद्योगबाट टाढा रहेपछि उनी कयौं मल्टिनेशनल कम्पनीको विज्ञापन तथा स्टेज शोहरुमा समेत काम गरिरहेकी छिन् । उनी प्रति स्टेज शो को २ करोड रुपैयाँ पारिश्रमिक लिने गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं