शेरबहादुर देउवा : कम्युनिस्ट शासन व्यवस्थाले कर्णालीको मुहार फेर्दैन

७ मंसिर, कालीकोट : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वाम गठबन्धनको सरकार भएमा कर्णालीको विकास नहुने बताएका छन ।

 

PM-sher-bahadur-deubaनेपाली काँग्रेस कालीकोटले नरहरिनाथ गाउँपालिकाको कोटवाडामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन ।

प्रधानमन्त्री देउवाले कर्णाली हरेक क्षेत्रमा पछि परे पनि काँग्रेसबाहेक अरु कसैको ध्यान नपुगेको बताउँदै सुदूरपश्चिम र मध्यपश्चिमसँगको सु–सम्बन्धले प्रगति हुनेसमेत बताए । प्रधानमन्त्री देउवाले कर्णालीको भू–सम्पदा तथा पर्यटन क्षेत्रको अथाह सम्भावना रहेकाले अबको विकास झन सुदृढ गर्दै अघि बढ्ने ठोकुवासमेत गरेका छन ।

नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले काँग्रेसले विगत २००७ सालदेखि हालसम्म नेपालको प्रगति चाहेको बताउँदै भावी दिनमा नेपाल र नेपाली जनताका लागि नेपाली काँग्रेस लागिपरेको बताएका छन । साथै, प्रधानमन्त्री देउवाले नेपालमा वाम गठबन्धनभन्दा लोकतान्त्रिक गठबन्धनप्रति विश्वास कायम गरेर नेपालमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन भएमा लोकतन्त्रको रक्षा हुनेसमेत बताए ।

कडा सुरक्षाका बीचमा भएको चुनावी सभामा १० मिनेट मात्र समय लिएर बोलेका प्रधानमन्त्री देउवाको आजै जुम्ला जाने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने