शुरुवातमा नै गर्यो सद्भाव युवा समाजले उदाहरणीय काम

IMG_2460
काठमाण्डौं माघ २९ , सामाजिक सेवाको भावनाले अभिप्रेरित भै केही समय अगाडि स्थापना भएको सद्भाव युवा समाजले आफ्नो प्रथम कार्य नै रत्तदान कार्यक्रमको आयोजना गरेर संस्थाको औपचारिक कामको सुरुवात गरेको छ । संस्थाले आज माघ २७ गते राजधानीको रत्न राज्य क्याम्पसमा एक भव्य कार्यक्रम गरी केन्द्रीय रत्त संचार केन्द्र बालकुमारीको सहयोगमा रत्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थामा आबद्ध दर्जनौ सदस्यहरुले रत्तदान गरेका छन् । केन्द्रीय रत्त संचारका पदाधिकारीका अनुसार ३९ जना सदस्यहरुले रत्तदान गरेका छन् ।
विगत लामो समय देखि बैदेशिक रोजगारीको सिलसिलामा कतारको कतार एयर वेज अन्र्तगत कतार एभिसनमा कार्यरत र सोही स्थानमा काम गरी नेपाल फर्किएका सदस्यहरुको प्रयासबाट संस्था आधिकारीक रुपमा नेपालमा स्थापना भै काम सुरु गरेकोे हो ।
संस्थाको बारेमा बताउदै संस्थाका अध्यक्ष बासुदेव पौडेले भने हामीले विशुद्ध सामाजिक सेवाको भावनाले यो संस्था स्थापना गरेका हौ र कामको सुरुवात पनि रत्तदानबाट गरेका छौं । त्यसैले हाम्रो यो रत्तदानले कसैको ज्यान बच्न सक्छ । यो पुन्य कार्यबाट सद्भाव युवा समाज सामाजिक कार्यमा निरन्तर अघि बढ्ने अध्यक्ष पौडेलले प्रतिबद्धता जनाएका छन् ।
यस संस्थाको समाजिक सेवाको पहिलो खुड्कीलोमा नै रत्तदान गर्न पाउँदा आफुलाई ज्यादै खुसी लागेको संस्थाका कोषाध्यक्ष खेम गुरुंगले बताए ।
खास गरी बैदेशिक रोजगरीमा गई नेपाल फर्किएका सदस्यहरुको सद्भावलाई एकजुट गराई नागरिकका लागि केही काम गरौ भनि संस्था स्थापना गरिएको संस्थाका सचिव प्रदिप रुपाखेतीले बताए । भोलिका दिनमा संस्थाले बैदेशिक रोजगारीको शिलशिलामा विदेशमा बस्ने र नेपाल फर्किएका सदस्यहरुलाई एकबद्ध गराई राष्ट्रिय स्तरमा आफ्नो कामलाई अघि बढाउने संस्थाको उदेश्य रहेको रुपाखेतीले बताए ।
भृकुटी मण्डप स्थिति आर आर क्याम्पस प्रांगणमा भएको रत्तदान कार्यक्रम विहान १० बजे बाट दिउँसो २ बजे सम्प चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने