शरिरमा पानीको कमी हुँदा देखिन्छन्, यस्ता समस्याहरु

water-paani_RE2STEh8lMशरिरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने , रिसाउने , अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइयो ।

रगतमा हुने पानीले शरीरमा तातोपना कायम राखिराख्न र तापक्रम मिलाएर राख्न मद्धत गर्छ ।पानीको मात्रा कम हुँदा तातोपानी बाहिर जाने हुँदा शरीर चिसो हुन्छ ।

पानीको मात्रा कम हुँदा मासंपेशीमा मात्र नभई मस्तिस्कमा पनि रक्तसञ्चार कम हुन्छ । जसले गर्दा आँखाको दृष्टि धमिलो हुने तथा तिर्मिरयाउने तथा काम गर्ने क्षमतामा ह्रास आउछ ।

चिकित्सकहरुका अनुसार पानीको मात्रा शरीरमा कम हुँदा सेरोटोनिनको मात्रा परिवर्तन हुन्छ । जसले टाउको दुख्ने गर्छ । त्यसैले अब जब जब टाउको दुख्छ एक दुई गिलास पानी पिउनुस सम्भवत टाउको दुखाई हराएर जान्छ ।

आन्द्रामा पचेका खानाहरु पास हुन शरीरमा पानीको जरुरी हुन्छ । तपाईँले यदि कम पानी पिउनु भएको छ भने आन्द्रामा भएका बस्तुबाट पानी शरीरमा तानिन्छ र पचेको खानामा कडा हुन्छ । जसले गर्दा कब्जियत गराउछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर