शरद भेषावकरको पोखरा पल्टनद्वारा सन्दीपको विराटनगर टाइटन्स पराजित

युवा खेलाडी आशिफ शेखले अर्धशतक बनाएपछि पोखरा पल्टनले नमस्ते पोखरा प्रिमियर लिगमा विजयी शुरुआत गरेको छ । शरद भेषावकरको पोखराले शुक्रबार सन्दीप लामिछानेको विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको हो । 

आक्रामक ब्याटिङ गरेको पाखरा पल्टनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९७ रनको योगफल बनाएको थियो । १ सय ९८ रनको लक्ष्य पछ्याएको विराटनगर टाइटन्सले ८ विकेट गुमाएर १ सय ३९ रनमात्र बनाउन सक्यो ।

पोखरा रंगशालामा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । कप्तान सन्दीपको निर्णय विराटनगरका लागि सही सावित हुन सकेन । घरेलु टोली पोखरा पल्टनका ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै टोलीलाई राम्रो शुरुआत दिए । कुशलले आसिफसँग पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरे । २६ बलमा ५ चौका र २ छक्का हान्दै ३८ रन जोडेका कुशल सन्दीप लामिछानेको बलमा प्रदीप ऐरीमार्फत् क्याच भए । सातौं ओभरको पहिलो बलमा कुशल आउट हुँदा पोखराले ५३ रन बनाइसकेको थियो ।

त्यसपछि आशिफले संयमित ब्याटिङ गर्दै पोखराको इनिङ उकासे । आशिफले भारतीय खेलाडी रवि इन्दर सिंहसँग दोस्रो विकेटका लागि ९४ रनको साझेदारी गरे । ५४ बलमा ५ चौका र १ छक्का हानेका आसिफ ५२ रन जोड्दा शाहब आलमको बलमा प्रदीप ऐरीको हातबाट क्याच भए । त्यसअघि २७ बलमा २ चौका र ४ छक्कासहित ४४ रन बनाएका रवि इन्दरलाई सन्दीपले पुष्प थापामार्फत क्याच गरेका थिए । 

अग्रपंक्तिका ब्याट्सम्यानले गरेको राम्रो शुरुआतलाई आक्रामक ब्याट्सम्यान विनोद भण्डारीले सुखद अन्त्य गरे । विष्फोटक ब्याटिङ गरेका विनोदले ११ बलमा २ चौका र ५ छक्का हान्दै ४१ अविजित रन बनाए । विनोदलाई पोखराले अक्सनमा २ लाख ५० हजार रकममा अनुबन्ध गरेको हो । कप्तान शरद भेषावकर ७ रनमा अविजित रहे । विराटनगरका सन्दीपले ४ ओभरमा २६ रन दिएर २ विकेट लिए भने शाहब आलमले ४ ओभरमा ३७ रन दिएर १ विकेट लिए ।

१ सय ९८ रनको विजयी लक्ष्य पाएको विराटनगरले राम्रो बलिङमा जस्तै ब्याटिङमा पनि राम्रो शुरुआत गर्न सकेन । पहिलो पाँच ओभरमा विराटनगरले ३ विकेट गुमाएको थियो । ओपनर प्रदीप ऐरी १०, सुनिल धमला ११ र जितेन्द्रसिंह ठकुरी १० रन बनाएर पवेलियन फर्किए । 

विकेटकिपर राजु रिजाल र भारतीय खेलाडी एन्ड्रयू सुविक्षणले चौथो विकेटका लागि ४१ रनको साझेदारी गर्दै विराटनगरको इनिङ उकास्ने प्रयास गरेका थिए । तर १४ रन बनाएका सुविक्षणलाई शसरदले शाहल आलममार्फत् क्याच गरे । लगत्तै २७ बलमा २ चौका र २ छक्का हानेर ३० रन बनाएका राजु पनि ललितको बलमा विकेटकिपर आशिफ शेखबाट क्याच भए । त्यसपछि आएका राजु पुलामीमगरले पनि लामो इनिङ खेल्न सकेनन् । राजु पुलामीमगर ७ रनमा पवेलियन फर्किए ।

त्यसपछि पुष्प थापा र कप्तान सन्दीप लामिछानेले सातौं विकेटका लागि ४१ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोर्याए । २६ बलमा ३ चौका र १ छक्कासहित ३० रन बनाएका पुष्प थापा पनि १८.३ ओभरमा पवेलियन फर्किएपछि विराटनगरको झिनो आशा समाप्त भएको थियो । सन्दीप १४ रनमा अविजित रहे । 

पोखराका ललित राजवंशीले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिए भने मेहबुबु आलम, कृष्ण कार्की, शरद, रसिद खान र विक्रम भुसालको नाममा १–१ विकेट रह्यो । विराटनगरले अब आइतबार धनगढी ब्लुजसँग प्रतिस्पर्धा गर्नेछ भने सोही दिन पोखराले बुटबल ब्लास्टर्सविरुद्ध खेल्नेछ । 

शनिबार पहिलो खेल चितवन राइनोजविरुद्ध बुटलब ब्लास्टर्स र दोस्रो खेल काठमाडौं रोयल्स र धनगढी ब्लुजबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा