शक्ति प्रधानमन्त्रीको कोर्टमा पुगेकाले नयाँ सरकार गठन गर्न ढिलाइ भयाे : माओवादी नेता

भक्तपुर,पौष १६  : नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्दै तत्काल राजीनामा दिनुपर्नेमा जोड दिएका छन् । 

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले जनताले वाम गठबन्धनलाई नयाँ सरकार गठनका लागि जनादेश दिइसकेकाले अब यसमा ढिलाइ गर्न नहुने बताए । 

नेता सापकोटाले भने, “अब बल प्रधानमन्त्री देउवाको कोर्टमा पुगेको छ, त्यसैले पनि विभिन्न बहानामा नयाँ सरकार गठन गर्न ढिलाइ भए, जनताको इच्छा र आकांक्षामा मात्र नभई लोकतान्त्रिक पद्धतिमै प्रश्न चिह्न उठ्छ ।” 

संविधानको धारा ७६ को उपधारा ८ मा स्पष्ट रुपमा नयाँ सरकार गठन गर्न प्रतिनिधिसभाले सक्ने व्यवस्था भएको तर्क गदै उनले सरकार गठनका लागि राष्ट्रियसभा र प्रतिनिधिसभालाई जोड्नु आवश्यक नभएको दाबी गरे । नयाँ सरकार गठन र पार्टी एकीकरणमा वाम गठबन्धनबीच कुनै पनि विवाद नभएको दाबी गर्दै नेता सापकोटाले बाहिर आएका हल्ला सत्य नभएको जिकिर पनि गरे । 

उनले भने, “नयाँ बन्ने सरकारको नेतृत्व एमालेले गरे पार्टी नेतृत्व माओवादीले गर्छ, सरकारको नेतृत्व माओवादीले गरे पार्टीको नेतृत्व एमालेले गर्छ, बाहिर चर्चामा आए जस्तो आलोपालो प्रथा नभई सरकार र पार्टीको नेतृत्व शीर्ष दुई नेताले स्थायी रुपमै गर्ने गरी अगाडि बढेको छ ।”  रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा