किनभने– पहिलो कुरा, नेपालीको औषत आयु निक्कै बढेको छ । यो बढ्ने क्रममा छ । हरेक जनगणनाको तथ्यांक केलाउँदा योकुरा प्रष्ट हुन्छ । यसरी औषत आयु बढ्दैजाँदा एकदिन ८० नाघ्ने नै हो । त्यसैले दूरदृष्टि राख्ने हो भने जागिरबाट रिटायर्डहुनेउमेर ६० होइन, ८० बनाउनुपर्छ ।
दोस्रो कुरा, अधिकांश कर्मचारीले धेरैवटा बढुवा खाएर रिटायर्ड हुने अवसर पाउँछन् ।बढुवाका लागि अहिलेको जस्तोमारामार, काटाकाट, बढाबढ र चर्को प्रतिष्पर्धाहुनेछैन । एकाध बेरोजगार ठिटाठिटीले जागिर खान पाइएन भनेको कुरालाईआधारबनाउनु हुन्न । तिनलाई जागिर ख्वाउने ठेक्का सरकारले लिएको छ र ?
तेस्रो कुरा, ५८ बाट ६० बनायो, जाबो दुई बर्ष थपियो । समस्या त ज्यूँ का त्यूँ ।किनभने उस्तै प्रकृतिका काम गर्ने संवैधानिक निकायका पदधिकारीहरू, माननीय न्यायाधीशज्यूहरू, सरकारी विद्यालय–विश्वविद्यालयका शिक्षकहरूको कसैको६३, कसैको ६५ वर्ष छ । उता औषत आयु बढ्दो छ ।
अनि किन ६० मात्रै ? यो त अन्तरिम समाधान मात्रै भो अन्तिम समाधान त भएन । किनभने ८० वर्ष बनाइसकेपछि पनि ६३अनि फेरि पैंसट्ठी बर्ष पुर्याउनु पर्ने माग पक्कै उठ्छ। त्यसैलेथपेपछि एकैचोटि २२ वर्ष थपेर ८० बनाइदिने । त्यसो भो भने यो५८, ६०, ६३, पैंसठीको लुकामारी लोप हुनेछ । भन्छन् नि ‘सुनारको सय चोट लोहारको एक चोट’ हो यही उखान चरितार्थ गर्नुपर्छ ।
उमेर हद ८० वर्ष पुर्याउँदा बूढा कर्मचारीहरूबाट अफिसमा जाने र हाजिर गरेको भरमा तलब खाने काम मात्रै हुन्छ भनेरकसैकसैले विरोध गरेको पनि सुनियो । अवकाश उमेर ५८ हुँदाको अहिलेको अवस्थामा ५८ वर्ष पुग्न लागेका कर्मचारीहरूलाईकेहीजिम्मेवारी सुम्पनुस् त– रिटायर्ड हुन यति बाँकी छ– उति बाँकी छ भन्दै वरको सिन्को पर सार्ने होइनन् । उमेर हद ८०बनाउँ अनिजिम्मेवारी सुम्पिएर हेरौं त उसले कति कार्य सम्पादन गर्छ ! नवनियुक्त कर्मचारी भन्दा लगन र मेहनतका साथजिम्मेवारभएर काम गर्ने कर्मचारी तिनै हुन्छन् । कहिलेसम्म भन्ने कुराको पछि नलागौं ।
चौथो कुरा, अवकाशपछि धेरै कर्मचारीहरू मानसिक रोगका शिकार भएका छन् । यो सत्य हो । रिटायर्ड भएको भोलिपल्टदेखित्यस्ता कर्मचारीहरू डाक्टर, अस्पताल, औषधिको गोलचक्करमा फसिरहेका हुन्छन् यस्तै रोगको कारणले । अवकाश उमेर८०भयो भने अबदेखि त्यस्ताखाले मानसिक रोगीहरूको उत्पादन कम हुनेछ ।
पाँचौं कुरा, अहिले अवकाशपछि पनि धेरै कर्मचारीहरूले अर्को जागर खानैपर्ने वाध्यता छ । अवकाश उमेर ८० बर्षबनाउँदायस्ता खालका कर्मचारीहरूलाई `जागिरपछिको जागिर´ मिलेको अनूभूति हुनेछ । दोहोर्याएर अर्को ठाउँमा त्यो पनिप्राइभेटसेक्टरमा जागिर खानुपर्ने वाध्यताको अन्त्य हुनेछ ।
जब अवकाशको उमेर हद नै ८०हुन्छ, ‘असी असी बर्षसम्म जागिर छँदैछ, केलाई खानु घुस ?’ भन्ने पवित्र भावनाजागृत हुन्छ । यसरी बिस्तारै बिस्तारैभ्रष्टाचार, घूसखोरी कम हुँदै जानेछ ।सुशासनको सपना पनि साकार हुनेछ ।
छैठौं कुरा, असी असी बर्षको उमेरसम्म काम गर्दा–गर्दा हाम्राकर्मचारीहरू अति अनुभवी हुनेछन् । ‘आगो ताप्नु मूढाकोकुरा सुन्नुबूढाको’ त्यतिकै बनेको उखान होइन नि । त्यस्ता बुढा कर्मचारीकोकुरा सुनेरै सेवाग्राहीहरू मख्ख पर्नेछन् भने सेवापाउँदा त झन् कतिमख्ख पर्दा हुन् । यो सन्दर्भमा ‘बाघ बुढो र स्याल तन्नेरी’ कोउखान पनि सम्झनुपर्ने हुन्छ । लोकसेवाकाजति नै कठिनपरीक्षाहरू पास गरेर आए पनि नयाँ कर्मचारी भनेका स्याल नै हुन्जो जति तन्नेरी भए पनि गतिलो शिकार गर्नै सक्दैनन् । अर्कोतिरजति बुढो भए पनि बाघ भनेको बाघ नै हो ।
त्यति धेरै अनुभव प्राप्त गरेका कर्मचारी विश्वको कुनै पनि देशको सरकारी सेवामा शायद हुने छैनन् । अवकाश उमेर असीबनायोभने वीर गोर्खालीले झैं ‘जागिर नेपाली’ले हामीलाई संसारभर चिनाउन मद्दत गर्नेछ । ‘जागिर खानु त नेपालकोसरकारी सेवाको’ भन्ने कहावत बन्नेछ ।
सातौँ कुरा, घुस कुन चरीको नाम हो कर्मचारीलाई थाहा हुने छैन । किनभने जागिर अवधि थोरै हुँदा पो ‘छिटो छिटो कमाइ हालौंनत्र रिटायर्ड हुने बेला आइहाल्छ’ भन्ने हुन्छ । ‘रिटायर्ड भएपछि पेन्सनले पुग्दैन त्यसैले अहिल्यै जोहो गर्नुपर्छ’ भन्नेलोभीपापी भावना जागृत हुन्छ । यस्ता भावनाहरूले सिधैं घुसको माग गर्छन् । जब अवकाशको उमेर हद नै ८० हुन्छ,‘असीअसी बर्षसम्म जागिर छँदै छ, केलाई खानु घुस ?’ भन्ने पवित्र भावना जागृत हुन्छ । यसरी बिस्तारै बिस्तारैभ्रष्टाचार, घूसखोरी कम हुँदै जानेछ । सुशासनको सपना पनि साकार हुनेछ ।
आठौँ कुरा, सरकारलाई पेन्सनको टेन्सन हुँदैन ।पेन्सन दिनुपरे पनि थोरै अवधि मात्रै । पेन्सनवापतको राज्यको ठूलो व्ययभार बचत हुनेछ ।त्यसैले अबको निजामती सेवा को नारा– ‘असीमाअवकास: अवकाशपछि आर्यघाट’ हुनुपर्छ ।
नवौं कुरा, अवकाश उमेर असी बनाउँदा धेरैकर्मचारीहरूले सरकारको जयजयकार गर्नेछन् ।सरकारको यो गुन धेरै बर्षसम्म बिर्सने छैनन्। अझआकर्षक ठाउँका कर्मचारीहरू, उच्चपदस्थकर्मचारीहरू जो ५८ को आसपासमा छन्, अवकाशको सन्त्रासमा छन् तर बिन्दासै बिन्दासमाछन् तिनले त सरकारको पूजा नै गर्नेछन्। साठीबनाउँदा नै सरकारको पूजा गर्न तम्तयार त्यस्ताअति लाभान्वित कतिपय कर्मचारीको सूची नैपत्रपत्रिकामा पढ्न पाइएको छ भने असी बनाउँदा ततिनले कति गुन मान्लान् भन्न सकिन्न ।
दशौँ कुरा, नयाँ संबिधान लागु भएपछि लोकसेवाआयोगको कार्यबोझ निकै थपिएको छ । भएभरकासार्बजनिक संस्थान अनि सेना, प्रहरी, सशस्त्र प्रहरीसबैको परीक्षा व्यवस्थापनको काम थपिएको छ । उसलाई भ्याइनभ्याई छ । त्यसैले उमेर हद ८०बर्ष बनाइदिने हो भने कम्तिमादुई दशकलाई लोकसेवाको कामको बोझ निकै हल्का हुनेछ ।
त्यसैले निजामती कर्मचारी, सार्बजनिक संस्थानका कर्मचारी, सेना, प्रहरी, सरकारी शिक्षक, सरकारी प्राध्यापक सबैको उमेरहदयही कायम गरौँ । यसो भएमा `सरकारी जागिरमा अनेकता: अवकाश उमेरमा एकता´ हुनेछ ।
अन्त्यमा, कतिपय कर्मचारीहरू (खासगरी उच्च पदस्थ कर्मचारी )अवकाश पछि राजनीतिक नियुक्ति लगायत अन्यलाभका पदपाउने लोभमा दलका नेताको दैलो दैलो चहारे भनेर अवकाशको उमेर हद बढाउने प्रस्ताव गरिएको तर्क पनि सुनिएको छ ।त्यसो हो भने त झन् ८० पनि होइन, आजीवन नै जागिरको ग्यारेन्टी गर्नुपर्ने हुन्छ । जागिर खाने उमेर जाबो दुई बर्ष थप्दैमा अवकाशपछि लाभकोपदको खातिर दलका नेताको दैलो नचाहार्ने भन्ने हुँदैन।
अनि कतिपय कर्मचारीहरूलाई अवकाश उमेर असी बनाए पनि जागिर छाड्नै मन नलाग्न सक्छ । खासगरी मालदार ठाउँका कर्मचारीहरू, हाटा गर्दै जागिर खान पल्केकाहरू, जागिरमा हाट्टहुट्ट गर्दैत्यसैको बलमा राजनीतिक लगायत अन्य लाभ लिँदै ठालुगिरी गरिरहेका कर्मचारीहरू र उच्च पदस्थ कर्मचारीहरूमा यसो हुनु स्वाभाविक हो । यसलाई अन्यथा मान्नु पनि हुन्न । त्यसैगरी थुप्रै कर्मचारीहरू यस्तापनि छन् कि जसलाई अवकाश हुने उमेर देखि खूब डर लाग्छ । रिटायरमेन्ट फोबियाबाट ग्रसित यस्ता कर्मचारीहरू भने ८० बनाए पनि यो रोगबाट मुक्त हुन सक्ने छैनन् । यी र यस्ताखाले कर्मचारीहरूका लागि भनेआजीवन नै जागिरको व्यवस्था गर्नुपर्छ । अनि अवकाशपछि नेताको दैलो नचाहरून् भन्ने हो भने पनि यस्तै व्यवस्था गर्नुपर्छ ।
त्यो बेलामा हाम्रो सरकारी सेवामा नयाँ नारा तय गरेर अघि बढ्नुपर्छ । त्यो नारा हो- ‘आर्यघाटमा अवकाश:अवकाशपछि वैकुण्ठबास !´