वैज्ञानिक स्टिफन हकिङको ह्विलचियर र थेसिस लिलाम हुँदै

संसारकै महान् वैज्ञानिक स्टिफन हकिङलाई सबैले ह्विलचियरमा देखे । त्यही ह्विलचियरको अब लिलामी हुने भएको छ । 

ह्विलचियरसँगै उनको शोधपत्र तथा त्यससँग सम्बन्धित महत्वपूर्ण वस्तुको समेत लिलामी हुने बताइएको छ । लिलामीघर ‘क्रिस्टी’ले सोमबार हकिङको २२ चिजको अनलाइन बिक्रीको घोषणा गरेको थियो । यसमा ब्रह्मान्डको उत्पत्तिबारे उनले गरेको थेसिस, उनले पाएका केही पुरस्कार र वैज्ञानिक शोधपत्र समावेश गरिनेछ । शोधपत्रहरुमा ‘स्पेक्ट्रम अफ वार्महोल्स’ तथा ‘ब्रेकडाउन अफ फिजिक्स इन ग्राभिटेसनल कोल्याप्स’ सामेल रहेका छन् । लिलामीको समयमा उनलाई लोकप्रिय भौतिकशास्त्रीका रुपमा हेरिने भएको छ । 

क्रिस्टीका पुस्तक तथा पान्डुलिपि विभाग प्रमुख थोमस वेनिङ भन्छन्, ‘यी शोधपत्रले हकिङको सोचको विकासक्रम, उनको बुद्धिमत्तालाई दर्शाउनेछ ।’ हकिङ एकजना कस्मोलोजिस्ट तथा स्पेस ट्राभलरका रुपमा विश्वमा प्रसिद्ध रहे । र, अन्तरीक्षमा रहेको ब्ल्याकहोलका बारेमा उनको अनुसन्धानले हमेसा प्राथमकिता पायो ।  

को हुन् हकिङ ?

२२ वर्षको उमेरमा उनलाई ‘मोटर न्युरोन’ रोग लागेको पत्ता लागेपछि २ वर्षमात्र बाँच्ने चिकित्सकले बताएका थिए ।  त्यसपछि उनले वर्षौंसम्म ह्विलचियरमा बसेर भौतिकशास्त्रका क्षेत्रमा आफ्नो शोधमा तल्लीन रहे । युनिभर्सिटी आफ क्याम्ब्रिजमा म्याथमेटिक्सका प्रोफेसरका रुपमा उनले प्राध्यापन गरे । उनको प्रसिद्ध पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ बेस्टसेलर बन्यो । यो पुस्तक बीसौं शताब्दीको एउटा ‘आइकन’ नै बन्न सफल भयो । सन् १९४२ मा जन्मेका उनको गत मार्चमा ७६ वर्षको उमेरमा निधन भयो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण