February 17, 2020

वीरगञ्ज सुक्खा बन्दरगाहको डेढ दशक : बढ्यो व्यापार बढेन पूर्वाधार

बितेको डेढ दशकमा वीरगञ्ज सुक्खा बन्दरगाहको व्यापार १० गुणा बढेको तथ्यांकले देखाउँछ । तर, व्यापारको बढ्दो चापको तुलनामा बन्दरगाहको पूर्वाधार विस्तार नहुँदा आयातनिर्यात सकसपूर्ण बनेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा ओमप्रकाश खनालले लेखेका छन् ।

२०६१ सालमा बन्दरगाह सञ्चालनमा आएयता सरकारले भौतिक र प्राविधिक सुधारमा कुनै पनि उल्लेखनीय काम गरेको छैन । पूर्वाधार अपर्याप्त र जीर्ण बन्दै गएका छन् । बन्दरगाह सञ्चालनको जिम्मा हिमालयन टर्मिनल प्रालिले लिएको छ । हिमालयन टर्मिनलमा भारतीय रेलवेको भगिनी प्रतिष्ठान भारतीय कन्टेनर निगम लिमिटेड (कोन्कर) मुख्य साझेदार हो । 

नेपाल इन्टर मोडल यातायात विकास समिति (एनआईटीडीबी) बन्दरगाहको नियामक निकाय हो । व्यापारको तुलनामा साँघुरो बन्दै गएको बन्दरगाहको पूर्वाधार प्रबन्धमा एनआईटीडीबीले प्रभावकारी पहल नगरेको गुनासो निजीक्षेत्रको छ । 

रेलमार्गसँग जोडिएको एकमात्र सुक्खा बन्दरगाहमा पर्याप्त पूर्वाधार नभएकै कारण आयातित मालसामान थुप्रिने र आयातकर्तालाई जरीवानाको भार परिरहेको नेपाल उद्योग वाणिज्य महासंघ यातायात तथा पारवहन समितिका अध्यक्ष अशोककुमार टेमानी बताउँछन् । ‘सञ्चालनको डेढ दशक बितिसक्दा पनि पूर्वाधार सुधार र विस्तारमा ध्यान नपुग्दा अपेक्षित उपलब्धि हात लाग्न सकेको छैन । उल्टै आयात कारोबारमा जरीवानाको आकार वृद्धि भइरहेको छ,’ टेमानीले आर्थिक अभियानस बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण