धरान / भ्रष्टारको आरोप खेपिरहेका धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुकार रौनियार माथी लागेकाे भ्रष्टाचार अाराेपको छानबिनका गर्न नेपाल सरकारको मन्त्रिपरिषदले नै शक्तिशाली छानविन समिति बनाएको छ ।
डेढ बर्ष अगाडि उपकुलपति बन्दा नै नेपाली काँग्रेसका नेताहरुलाई १४ करोड रकम बुझाएर उपकुलपति पदको नियुक्ति पत्र हत्याउन सफल भएका आरोप लागेका उहाको वास्तविकताका बारेमा छानविन गर्ने जिम्ममा नेपाल सरकार मन्त्रिपरिषद्ले नै लिएको बुझिएको छ ।
उपकुलपति हुनुभन्दा अगाडि प्रतिष्ठानको रेडियोलोजी विभागका प्रमुख भएर काम गरिसक्नु भएका प्रा.डा रौनियारमाथि १.५ टेस्ला एमआरआइ खरिद प्रकरण, अंंकोलोजी र कार्डियोलोजी सेन्टर निर्माणमा सप्लायर्स र ठकेदारको मिलेमतोमा करोडौ चलखेल गरेको आरोपसहित प्रधानमन्त्री कार्यालय, सम्पत्ति सुद्धिकरण विभाग, स्वास्थ्य मन्त्रालय लगायत सरोकारवाला निकायमा उजुरी परेको छ । उजुरी परेपछि असार १८ गते सम्पन्न प्रतिष्ठानको सिनेटको बैठकले सर्वसम्मत निर्णयमा भ्रष्टाचार सम्बन्धी छानबिन समिति बनाउने भनिए अनुरुप प्रधानमन्त्री तथा मन्त्रि परिषद्को गम्भीर ध्यानाकर्षण भएसंगै प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा छानबिन समिति बनेको हो ।
गठन गरिएको शक्तिशालि छानविन समितिलाई अहिलेसम्म गोप्य राखिएको र सम्बन्धित निकायमा परेका उजुरीलाई आधार बनाएर समितिले छानबिन प्रक्रियालाई अगाडि बढाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकारी दिएको छ । गठित समितिमा अख्तियारका प्रतिनिधि, सम्पत्ति सुद्धिकरण विभागका प्रतिनिधि, अर्थ मन्त्रालयका सह सचिव, स्वास्थ्य मन्त्रालयका सचिव लगायत सात जना रहेको स्रोतले जानकारी दिएको छ । समितिले उपकुलपति प्रा.डा. रौनियारको कार्यकालको सबै प्रकारको निर्माण तथा उपकरण खरिदको छानबिन गरी एक महिनाभित्रमा प्रतिवेदन प्रतिष्ठानका कुलपति एवम् प्रधानमन्त्री समक्ष बुझाउने बताएको छ ।