June 10, 2020

 विहारका मुख्यमन्त्री योगीलाई ओलीद्वारा चेतावनी :  नेपाल हेपिन तयार हुँदैन

काठमाडौँ, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विहारका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालबारे दिएको अभिव्यक्ति निन्दनीय रहेको उल्लेख गर्दै नेपाल कुनै पनि मुलुकसँग नहेपिने चेतावनी दिनुभएको छ ।

विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सम्बन्धित निकायका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले आदित्यनाथको अभिव्यत्ति नाजायज भएको बताउनुभयो ।

आदित्यथान केन्द्रीय सरकारको व्यक्ति पनि नभए पनि मुख्यमन्त्रीको रुपमा त्यसो उनले बोलेको हो भने अलोच्य विषय भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘यदी उहाँले त्यसरी बोल्नु भएको हो भने त्यो जायज होइन । नेपाललाई यदि उहाँले धम्क्याउन खोज्नु भएको हो भने त्यो उचित होइन । त्यो बोल्नु भएको र नेपाललाई त्यसरी धम्की दिनु भएको हो भने त्यो निन्दनीय विषय हो ।’

आदित्यनाथ भारतको केन्द्र सरकारको निर्णायक व्यक्ति नभए पनि मुख्यमन्त्रीको हैसियतमा पनि त्यस्तो बोल्न नहुने प्रधानमन्त्री ओलीले बताउनुभयो । आदित्यनाथको अभिव्यक्ति नेपालमाथिको अपहेलनाका रुपमा बुझ्ने भन्दै उहाँले भन्नुभयो, ‘नेपाल हेपिन तयार छैन, हेपिन मान्दैन भन्ने कुरा म योगीजीलाई स्मरण गराउन चाहन्छु ।’

गत बुधबार भारत लखनउमा इन्डो एसियन न्युज सर्भिसलाई दिएको अन्तर्वार्तामा महामन्त्री योगी आदित्यनाथले नेपालले आफ्नो देशको राजनीतिक सीमा निर्धारण गर्नुभन्दा अघि त्यसबाट उत्पन्न हुने परिणामका बारेमा सोच्नुपर्ने अभिव्यक्ति दिएका थिए । उनले ‘तिब्बतले के गल्ती गरेको थियो भन्ने पनि नेपालले सम्झिनुपर्छ’ भनी धम्कीपूर्ण भाषा बोलेका थिए । आदित्यनाथले केही समय पहिले नेपालले सीमा निर्धारण गर्दा त्यसको परिणाम पनि ख्याल गर्नुपर्ने धम्कीपूर्ण आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल