विश्वकप हेर्न गएका दर्शकहरुको डिभाइस ह्याक हुन सक्ने अमेरिकाको चेतावनी

अमेरिकाका वरिष्ठ सुरक्षा अधिकारीले रुसमा विश्वकप हेर्न पुगेका सबै दर्शकहरुलाई डिभाइस ह्याक हुन सक्नेबारे चेतावनी दिएका छन् । यसैकारण आजबाट सुरु हुने विश्वकप फुटबलमा अपराधीहरु वा रुसी सरकारले समेत उपस्थित दर्शकका डिभाइसहरु ह्याक गर्न सक्ने भएकाले मोबाइल, ल्यापटप लगायतका विद्युतीय उपकरणहरु सकेसम्म नलैजान र लैजानैपर्ने भएमा अत्यन्तै सावधानी अपनाउन सुझाव दिइएको रोयटर्सले जनाएको छ ।

1111681153WC

एफबीआइ एजेन्ट तथा अमेरिकी सुरक्षा परिषद्का निर्देशक विलियम इभाएनाले विशेषगरी पहिचानसँग सम्बन्धित आफूलाई जरुरी नलाग्ने डाटाहरु ह्याकरले लक्षित गर्ने गरेको बताए । त्यसैले कुनैपनि डिभाइस लैजादा आफ्नो व्यक्तिगत जानकारीलाई पहुँचभन्दा बाहिर राख्न सबै डिलिट गर्ने र ल्याप्टपहरु पनि प्रयोग नगरेको अवस्थामा ब्याट्री निकालेर राख्दा उचित हुने उनको सुझाव छ । यसका साथै अस्थायी फोनको प्रयोग गर्दा पनि राम्रो हुने उनले बताए ।

अमेरिकी खुफिया एजेन्सी, एफबीआइले अझै पनि २०१६ को राष्ट्रपति चुनावमा रुसको हस्तक्षेपबारे अनुसन्धान गरिरहेको छ । फेसबुकमार्फत रुसी प्रशासनले लाखौँ मानिसहरुको व्यक्तिगत जानकारी अवैध तरिकाले हासिल गरी चुनाव प्रचारमा दुरुपयोग गरेको बताइन्छ । यसबारेमा ट्रम्पका समर्थकहरुलाई पनि थाहा भएको वा उनीहरुकै मद्दतमा यस्तो कार्य गरिएको एफबिआइको दाबी छ । उता ट्रम्प र रुस सरकारले भने बारम्बार यसलाई गलत ठहर गर्दै आएका छन् । 

त्यसैगरी यस विषयमा बेलायतको राष्ट्रिय सुरक्षा परिषद्ले पनि आफ्नो फुटबल टोलीलाई साइबर सुरक्षा सम्बन्धी विशेष सल्लाह दिइरहेको बताएको छ । विश्वकपका लागि प्रस्थान गर्नुअघि फुटबल एसोसिएसनलाई यस्ता घटनाका लागि तयार पारिएको बताइएको हो । उता निजी साइबर सुरक्षाका विशेषज्ञ प्याट्रिक वार्डलले पनि आधिकारिक चेतावनी दिँदै रुस जाँदा सधैँ प्रयोग गर्ने महत्वपूर्ण डिभाइस लग्नु उचित नहुने हुँदा अस्थायी बर्नर फोनको प्रयोग गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले