विश्वकप फुटबल : आज सेमिफाईनल खेलमा फ्रान्स र बेल्जियम भिड्ने , लुकाकु र एमबाप्पे चम्केलान् ?

 रुसी विश्वकप फुटबलमा आज सेमिफाईनलको खेल सुरु हुदैछ । पहिलो सेमिफाईनलमा युरोपका दुई महारथी फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा हुदैछ ।  सेन्ट पिटरवर्गस्थित क्रिस्टोवस्की रंगशालमा हुने खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ ।

1800346611embappe-and-lukaku

दुवै टोली समुह विजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेका थिए । फ्रान्स समुह सी र बेल्जियम समुह जीको विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेका हुन् । प्रतियोगितामा दुवै टोली अपराजित छन् ।

नकआउट चरणमा फ्रान्सले अर्जेन्टिना र बेल्जियमले जापानलाई पराजित गरेको थियो । क्वार्टरफाईनलमा फ्रान्सले उरुग्वे र बेल्जियमले ब्राजिललाई हराउदै अन्तिम ४ को यात्रा तय गरेका थिए ।

युवा खेलाडीले भरिएका दुवै टोलीमा युरोपेली क्लब फुटबलका उत्कृष्ट खेलाडीको समिश्रण छ । फ्रान्समा एन्टोनी ग्रिजम्यान, केलियन एम्बाप्पे, पाउल पोग्बा जस्ता खेलाडी रहेका छन् भने बेल्जियममा इडेन हजार्ड, रोमेलु लुकाकु र केभिन डि ब्रोयन जस्ता खेलाडी समावेश छन् ।

यसअघि, फ्रान्सले तीन ठुलो प्रतियोगितामा बेल्जियमलाई हराएको छ । जसमा दुई पटक विश्वकप खेलमा रहेको छ । फ्रान्सले १९३८ मा विश्वकपको पहिलो चरणमा बेलिजयमलाई ३–१ ले हराएको थियो ।

सन् १९८६ मा तेस्रो स्थानकालागि भएको प्लेअफमा फ्रान्सले अतिरिक्त समयमा ४–२ को जित निकालेको थियो । सन् १९८४ को युरोकपको समुह चरणमा फ्रान्सले बेल्जियमलाई ५–० ले पाखा लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल