विश्वकप फुटबल : अाज दोस्रो सेमिफाईनलमा इङ्ल्याण्ड र क्रोएसिया भिड्दै , को पुग्ला फाईनलमा ?

विश्वकप फुटबलको दोस्रो सेमिफाईनलमा इङ्ल्याण्ड र क्रोएसिया भिड्दै छन् । रुसको लुजनिकी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ । विजेता टोलीले उपाधिलागि फ्रान्ससंग प्रतिस्पर्धा गर्नेछ ।

1531254917england_vs_crotia

इङ्ल्याण्डले सेमिफाईनलमा स्विडेनलाई २–० ले पराजित गरेको थियो । क्रोएसियाले आयोजक रुसलाई टाईब्रेकरमा हराउदै अन्तिम ४ को यात्रा तय गरेको थियो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरबाट गरिएको थियो ।

क्रोएसियाले क्वार्टरफाईनलमा डेनमार्क र इङल्याण्डले कोलम्बियालाई स्तब्ध बनाएका थिए । दुवै टोली ठुला प्रतियोगितामा मात्र एक पटक भेटेका छन् । सन् २००४ मा भएको युरो कपको समुह चरणमा इङ्ल्याण्डले क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गरेको थियो ।

दुवै टोली यसअघि ८ पटक भिडेका छन् । जसमा चार पटक इङ्ल्याण्ड विजयी भएको छ । क्रोएसियाले २ खेल जितेको छ । दुई खेल गोल रहित बराबरीमा सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा