विश्वकपमा तेस्रो स्थानको लागि आज इङ्ल्यान्ड र बेल्जियमबीच प्रतिस्पार्धा हुने

 रसिया विश्वकपमा आज तेस्रो स्थानको लागि खेल हुदैछ । तेस्रो स्थानको खेल नेपाली समय अनुसार ७ः४५ बजे सेन्ट पिटर्सबर्ग स्टेडियममा युरोपका दुई बलिया राष्ट्र इङ्ल्यान्ड र बेल्जियमबीच प्रतिस्पार्धा हुनेछ । 

3rd-placeयी दुई टोली जारी विश्वकपमा दोस्रोपटक आमने सामने हुन लागेका हुन् । समूह चरणको अन्तिम खेलमा यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । गोल्डेन जेनेरेसन मानिएको बेल्जियम टोलीले इङ्ल्यान्डलाई १–० ले हराउँदै समूह ‘जी’ को विजेता बनेको थियो । इङ्ल्यान्ड समूह उपविजेताका रुपमा नकआउट चरणमा पुगेको थियो ।

समूह चरणको त्यो अन्तिम खेलमा दुवै टोलीले दोस्रो रोजाईका खेलाडीलाई मैदानमा उत्रारेको थियो । एडनान यानुजाईको एकमात्र गोलमा बेल्जियम विजयी भएको थियो । फाइनल पुग्न असफल भएपछि दुवै टोली विश्व कपबाट कम्तीमा तेस्रो भएर फर्कने लक्ष्यमा हुनेछन् ।

समूह चरणमा इंग्ल्यान्डलाई पराजित गरिसकेका कारण बेल्जियम यसपटक पनि सफल नतिजा निस्कानेमा आशावादी छ । इङ्ल्यान्डले समूह चरणमा बेहोरेको हारको बदला लिने योजनामा हुनेछ । फर्ममा रहेका तथा गोल्डेनबुटका दाबेदार कप्तान ह्यारी केन खेलमा चल्न सके इंग्ल्यान्डले समूह चरणमा बेहोरेको हारको बदला लिने सम्भावना रहन्छ ।

केन ६ गोलसहित गोल्डेनबुटको दाबीमा अग्रस्थानमा छन् । बेल्जियम सेमिफाइनलमा फ्रान्ससँग १–० ले तथा इंग्ल्यान्ड क्रोएसियासँग थप समयमा समयमा २–१ ले पराजित हुँदै विश्वकपबाट बाहिरिएका थिए । फ्रान्स र क्रोएसियाबीच फाइनल आइतबार हुनेछ । फ्रान्स दोस्रो पटक विश्वकप जित्ने योजनामा रहँदा क्रोएसिया पहिलोपटक विश्वकप जित्ने इतिहास रच्ने योजनामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मानव अधिकार उल्लङ्घनमा नौ हजार ३८८ पीडित

 फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित