January 3, 2018

 विशेष पास नलीइ काठमाडौँका भित्री गल्लीमा गाडी कुदाउन नपाइने!

काठमाडौं, पुष १९। अब, काठमाडौँ शहरका भित्री सडक खण्ड तथा गल्लीहरुमा चार पाङ्ग्रे सवारी साधन गुडाउन निषेध गरिएको छ । केही महिनाअघि ठमेल र केही दिन अघि पशुपति नाथ क्षेत्रबाट सुरु गरिएको चार पांग्रे सवारी निषेध कार्यक्रमले अब राजधानीका गल्लीहरुमा पनि यो नियम लागू भएको छ ।
चार पाङ्ग्रे सवारी निषेध गरिएसँगै भित्री शहरमा दुईपांग्रे सवारीलाई मात्रै प्रवेश दिने निर्णय भएको छ । भोटाहिटी, असन, इन्द्रचोक, मच्छिन्द्रबाहल, भेडासिंह, नरदेवी, एट्खा, टेंगल, बाङ्गेमुढा, थहिटी, त्यौड, ताम्सीपाखा, किलागल, ज्वागल लगायतका क्षेत्रमा चारपांग्रे सवारीले प्रवेश गर्न नपाउने भएको छ ।

उक्त नियम कार्यन्वयनका लागि आजबाट काठमाडौँ वडा नम्बर १८, २४, १७, २५ लगायतका वडाध्यक्षहरु स्थलगत अवलोकनमा निस्किएका छन् । स्थलगग अवलोकनमा निस्किनुपूर्व ५ नम्बर वडाका अध्यक्ष निलकाजी शाक्यले आगामी माघ २ गतेदेखि यी शहरका भित्री सडक खण्डहरुमा पूर्ण रुपमा चार पांग्रे सवारीको प्रवेश रोकिने बताए । ‘भित्री सडक खण्डमा चार पाङ्ग्रे सवारीका कारण मानिसहरुलाई आवत जावत गर्न कठिन भएको छ । सडक साँघुरा हुने भएकोले पैदल हिँडडुल गर्ने सर्वसाधारण पनि जाममा पर्नु परेको छ ।’ यसकारण आफूहरुले सो कार्यक्रम पूर्ण रुपमा लागू गर्न स्थलगन अनुगमनमा निस्कन लागेको उनले बताए ।

त्यस्तै,वडानम्बर १८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले भित्री शहरका सम्पदा र जीवनशैलीलाई जोगाउन आफूलहरुले चारपांग्रे सवारी रोक्न सो कदम चालेको बताउँछन् । ‘हामीले चार पाङ्ग्रे सवारी निषेधका लागि ट्राफिक प्रहरीसँग छलफल गरिसकेका छौँ । उहाँहरुले यो कार्यक्रमलाई स्वागत योग्य भएको बताउँदै उचित किसिमबाट यसलाई कार्यान्वयन गर्ने बाचा गर्नु भएको छ ।’

तर सबै वडाध्यक्षहरुले निषेधित क्षेत्रभित्र घर भएकाहरुलाई सवारी साधन लैजान पाउने गरी विशेष पासको व्यवस्था गर्ने योजना मा पनि निर्णय अघि सारेका छन् । वडाध्यक्ष न्हुच्छेकाजी महर्जनका अनुसार बेलुका ७ बजदेखि विहान ७ बजेसम्म भने सबै किसिमका सवारीलाई प्रवेश मा रोक लगाइने छैन । उनका अनुसार आकस्मिक सेवाका एम्बुलेन्स, शवबाहन, पानी ट्यांकर, दूध बोकेका सवारीलगायतलाई भने जुनसुकै समयमा यी क्षेत्रमा जान दिइनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने