December 26, 2018

विवादमा आएका दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाको राजीनामा

 


काठमाडौँ, ११ पुस । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् । गत भदौमा सररकाले तेस्रो कार्यकालको लागि प्राधिकरण अध्यक्षमा नियुक्ति दिइएका झाले बुधबार राजीनामा दिएका हुन् ।

झाको नियुक्तिसँगै सत्तारुढ नेकपाभित्रैबाट चरम विरोध गरिएको थियो । नेकपाको जारी स्थायी समिति बैठकमा समेत झाको नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री ओलीको तीव्र आलोचना गरिएको थियो ।
असार २० गते बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्ला सरकारको राजनीतिक नियुक्ति रद्द गर्ने निर्णय गरेको थियो । सोही मेसोमा झाले पनि प्राधिकरणको अध्यक्ष पद गुमाएका थिए । तर, ओली सरकारले पुनः उनलाई खुला प्रतिस्पर्धाबाट अध्यक्ष पदमा नियुक्त गरेको थियो ।

आफ्नो सार्वजनिकरुपमा आलोचना भएपछि चरित्रहत्या भएको भन्दै झाले बुधबार बिहान राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर