February 28, 2018

विप्लवविरुद्ध पक्राउ पूर्जी जारी

 


नेत्रविक्रम चन्द विप्लव

नेत्रविक्रम चन्द विप्लव
 
 

फाल्गुन १६, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ विरुद्ध पक्राउ पूर्जी जारी भएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चन्दविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो। विप्लवलाई ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थ सम्बन्धी मुद्धामा अदालतले वारेन्ट जारी गरेको हो।‘जिल्ला रोल्पा साविक इरिवाङ गाविस केवरी जन्म भई हाल जिल्ला कपिलवस्तु शिवाराज नगरपालिका वार्ड नं ९ बस्ने चित्रबहादुर चन्दको छोरा वर्ष ५० को विप्लव भन्ने नेत्र विक्रम चन्दलाई ज्यान मार्ने उद्योग र विष्फोेटक पर्दा मुद्धाको कसुरमा गिरफ्तार गर्नुपर्ने हुनाले यो वारेण्ट बदर नभएसम्म अभियुक्तलाई तदारुकताका साथ खोजतलास गर्दै रही फेला परेको बखत पक्री बाटोमा भाग्न उम्कन नपाउने गरी यस अड्डामा पठाइदिनुहुन’ भोजपुर जिल्ला अदालतको फैसला उधृत गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले म्यार्दी पूर्जीमा उल्लेख गरेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी नरेन्द्रकुमार कार्कीले अदालतको आदेश अनुसार पक्राउ पूर्जी विप्लवको घरमा टाँसेको बताए। ‘जिल्ला अदालत भोजपुरको आदेश अनुसार हामीले विप्लवको घरमा पक्राउ पूर्जी टाँस गरेका छौं, हामीले अदालतको आदेश कार्यान्वयन गरेका हौं,’ नेपालखबरसंग कुरा गर्दै उनले भने।स्थानीय लगायत प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बहिष्कार गरेको विप्लव समूहले ठाउँठाउँमा वम विष्फोट गराएको थियो। प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनपछि प्रायः सबै मुख्य नेताहरु भुमिगत अवस्थामा छन्। प्रहरीले पनि नेकपाका कार्यकर्तामाथि कडा निगरानी गर्न थालेको छ। केहि दिनअघि नेकपाका पोलिटब्युरो सदस्य हेमन्तप्रकाश वलीलाई जनस्वयंसेवकको तेश्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्न विराटनगर गएको मौका पारेर प्रहरीले पक्राउ गरेको थियो। यस्तै, प्रहरीले विप्लवका जिम्मेवार नेता कार्यकर्तालाई पक्राउ गरिरहेको छ।

विप्लवलाई पक्राउ गरेपछि नेकपाका कार्यकर्ता आक्रोशित भएका छन्। सामाजिक सञ्जालमा उनीहरुले पक्राउ पूर्जीविरुद्ध आक्रोश पोखिरहेका छन्। नेकपाका पोलिटब्युरो सदस्य भरत वमले फेसबुक स्टाटसमार्फत सरकारी दमनको प्रतिरोध गरिने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका